मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीज दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका छन् । प्रधानमन्त्री एन्थनी अल्बानीजको लेबर पार्टीले बहुमत सिट सुरक्षित गरेको छ ।

अस्ट्रेलियाको एबीसी टेलिभिजनले गरेको प्रक्षेपणानुसार, अल्बानीजको लेबर पार्टीले अधिकांश सिट जित्ने देखिएको छ । यसको अर्थ हो, लेबर पार्टीलाई अर्को सरकार गठन गर्न गठबन्धन आवश्यक पर्ने छैन ।

लिबरल–नेसनल गठबन्धनका नेता पिटर डटन ब्रिस्बेनको आफ्नो सिटमा पराजित भए । डटनले हार स्वीकार गरेका छन् । उनले गठबन्धनले राम्रो प्रदर्शन गर्न नसकेको समेत स्वीकार गरे । अल्बानीजलाई जितका निम्ति उनले बधाई दिए ।

लेबर पार्टीले प्रतिनिधिसभामा ८६ सिट जितेको छ । विपक्षी गठबन्धनले ४० सिट सुरक्षित गरेको छ । हालसम्म ४९.७ प्रतिशत मतगणना भएको छ ।

“आज अस्ट्रेलियाली जनताले अस्ट्रेलियन मूल्य–मान्यता, सबैका लागि न्याय, आकांक्षा र अवसरका निम्ति मत दिएका छन्,” अल्बानीजले मतदातालाई सम्बोधन गर्दै भनेका बीबीसीले जनाएको छ ।

अल्बानीजले देशमा सुलभ चाइल्ड केयर, राष्ट्रिय अशक्त बिमा योजनामा आश्रित व्यक्तिलाई सहयोग र नयाँ सीप सिक्न खोज्ने कामदारलाई सहयोग प्रदान गर्ने बाचा गरेका छन् । उनले भने, “हाम्रो सरकारले अर्को तीन वर्ष तपाईंको जीवन र भविष्यमा सकारात्मक परिवर्तन ल्याउन समर्पित गर्नेछ ।”

उनले जलवायुसम्बन्धी कार्य र नवीकरणीय ऊर्जामा जोड दिने प्रतिज्ञा पनि गरे । यसलाई उनले अर्थतन्त्रको भविष्यका निम्ति अवश्यय पक्रनुपर्ने बताए । उनले मेडिकेयर सबै अस्ट्रेलियालीका निम्ति बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP