मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । पछिल्लो एक हप्तामा नेपालमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रुपमा बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मात्र सात दिनको अन्तरमा नेपालमा संक्रमण दर ४५.६१ प्रतिशतले बढेको छ ।

गत वैशाख २ गते नेपालमा पीसीआर परीक्षण गर्दा संक्रमण दर १३.६५ रहेको थियो । बुधबार यो बढेर २५.१० प्रतिशत पुगेको छ । अर्थात् हरेक १ सय जनामा पीसीआर परीक्षण गर्दा २५ जना बढीमा संक्रमण पुष्टि भइरहेको छ ।

याे पनि
देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि
​नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट सक्रिय बनेसँगै संक्रमण दर बढेको जनस्वास्थ्यविद्को भनाइ छ । भाइरसको नयाँ भेटिएन्ट पहिलेभन्दा संक्रामक र घातक रहेको अनुसन्धानले देखाएको छ ।

एक हप्तामा ४३ हजार ९८९ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार २२३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, एन्टिजेन विधिबाट ४ हजार ५८८ जनामा परीक्षण गर्दा ५१८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण दर १६.३१ प्रतिशत रहेको पाइएको छ ।

Infogram
एक हप्ताको अवधिमा कोभिड–१९ को संक्रमणबाट ५१ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले बताएको छ ।

हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताए । ​ यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे ।

‘संक्रमणको दर अत्यधिक बढेको छ, आज मात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भने, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवन रक्षा गर्न सघाउन म विशेष अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP