सोमबार , अषोज २६, २०८३

आईसीसी १९ वर्षमुनिको विश्वकप एसिया छनोटअन्तर्गत अहिले भइरहेको ओमानविरुद्धको खेलमा नेपालले जितका ११८ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङको निम्तो दिएको नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको हो। यो खेल माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ।

युवराज खत्रीको घातक बलिङपछि निर्धारित ५० ओभरको खेलमा ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाएको हो।

उसका लागि सिद्धार्थ सौवण्र्य शंकरले १६, रिषभ गुप्ता ९, जित व्रजेश शाह ५२, सौम्य भविन सम्पत ८, राहिल दानियल हबिबुल्ला १, प्रतिश हेमा रमेश १०, नितिश नदेन्ड्ला ४, पुलाडिथ ओमिदु मेदागोदा रालालागे ० रनको योगदा गरे। नटआउट रहेका कविश राजेशकुमार शाहले ९ रन बनाउँदा यरशेठ साई दिनेश ४ र विज्ञेश कार्तिकेयनले ० रन बनाए।

ओमानलाई नेपालले ४ अतिरिक्त रन दिएको थियो।

बलिङतर्फ नेपालका युवराज खत्री एक्लैले ५ विकेट लिए। युवराजले २ मेडन ओभरसहित ३१ वटा डट बल फ्याँके। उनले १५ रन मात्र दिएर ५ विकेट झारेका हुन्।

उनीबाहेक सन्तोष यादवको नाममा २ विकेट रह्यो भने दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १ विकेट लिए।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP