सोमबार , अषोज २६, २०८३

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो ।

गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु सामसनले ४१ रन बनाए ।

गुजरातका प्रसिद कृष्णाले ३ विकेट लिए भने आरु साइ किशोर र राशिद खानले २-२ विकेट लिँदा मोहम्मद सिराज, अर्शाद खान र कुलवान्त खेजरिलियाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । साइ सुदर्शनले सर्वाधिक ८२ रन बनाए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

जस बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल तेवातिया २४ रनमा अविजित रहे । राजस्थानका तुषार देशपाण्डे र महीश थिक्सानाले २-२ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।

यस जितसँगै ५ खेलमा चौथो जित निकालेको गुजरात ८ अंकसहित तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ४ अंक मात्र भएको राजस्थान सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP