शनिबार , जेठ १८, २०८२

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो ।

गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु सामसनले ४१ रन बनाए ।

गुजरातका प्रसिद कृष्णाले ३ विकेट लिए भने आरु साइ किशोर र राशिद खानले २-२ विकेट लिँदा मोहम्मद सिराज, अर्शाद खान र कुलवान्त खेजरिलियाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । साइ सुदर्शनले सर्वाधिक ८२ रन बनाए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

जस बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल तेवातिया २४ रनमा अविजित रहे । राजस्थानका तुषार देशपाण्डे र महीश थिक्सानाले २-२ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।

यस जितसँगै ५ खेलमा चौथो जित निकालेको गुजरात ८ अंकसहित तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ४ अंक मात्र भएको राजस्थान सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 131 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP