मंगलबार , अषोज २७, २०८३

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे नेकपा माओवादी केन्द्रमा अलमल देखिएको छ । नयाँ सरकार गठनका लागि स्पष्ट खाका तयार नभएकाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको हो ।

मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय हुन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको बताए । उनले नयाँ सरकार गठनका लागि काँग्रेसलगायतका दलसँग छलफल भइसकेको र त्यसले छिट्टै निष्कर्षमा पुग्ने बताए ।

उनले बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको र सो बैठकले यसबारे निर्णय लिनसक्ने संकेत गरे । यद्यपि, उनले ओली सरकारलाई पार्टीको कुनै पनि हिसाबले समर्थन नरहेको भन्दै मात्रै कानुनी रुपमा मात्रै समर्थन रहेको बताए ।

उनले काँग्रेस, जसपा लगायतका दलसँग ओली सरकार ढाल्न एकमत रहेको पनि दावी गरे । उनले भने, ‘काँग्रेसले हामीलाई के भनेको छ भनेर त हामीलाई थाहा छ, बाहिर के के भन्नुहुन्छ त्यो छाडिदिनुस् । काँग्रेस, जसपा र अरु सबैसँगको समझदारीको रुपमा हामी अघि बढिरहेका छौं ।’

वर्तमान सरकारले संविधान र लोकतन्त्रको विरुद्ध काम गरिरहेको, नेपाली जनताको जनादेशविरुद्ध काम गरेको, कम्युनिस्ट आन्दोलनका विरुद्ध काम गरेको र बिसर्जनवादी आक्रमण गरेको, बाह्य हस्तक्षेपलाई आमन्त्रण गरेको ठहर बैठकले गरेको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP