शुक्रबार , भाद्र १२, २०८३

चलचित्र ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सिनेमा घरहरूले ‘वसन्त’लाई उच्च शो दिएका छन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा ३१ र उपत्यका बाहिर ३४ शो दिएको छ ।

प्रकाश सपूतको डेव्यु निर्देशन रहेको ‘वसन्त’लाई आईएनआई सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्यूबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरी १६ सो दिएको छ ।

वान सिनेमाजले आइप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० सो दिएको छ । एफक्यूबले ५, बिग मुभिजले ५, बीएसआर सिनेमाजले ४ शो दिएको छ ।

शुक्रबारबाट रिलिज हुने चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP