मंगलबार , बैसाख २९, २०८३

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरोको मूल्यमा गिरावट आएको छ ।

केन्द्रीय बैं‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । बुधबार एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा रहेको छ । बुधबार युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको थियो ।

आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १९ रूपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १३ पैसा तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP