मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ ।

प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाएका छन् ।
‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा नैराश्य फैलाउने एवं नेपालको वाह्य सम्बन्धमा समस्या सिर्जना गर्ने खालका गतिविधिहरु गरिए’, अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै ओलीले गत फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा माओवादी केन्द्र आफूलाई प्रधानमन्त्रीबाट हटाउने र नेकपा (एमाले) लाई विभाजन गर्ने एक सूत्रीय अभियानमा केन्द्रित भएको आरोप समेत लगाउदै ऊ विदेशी शक्तिका लागि कम्फर्टेबल सरकार’ बनाउन तयार
भएको जनाएका छन् ।
ओलीले अध्यक्ष प्रचण्डबाट आएका अर्को जनयुद्ध’,अर्को विद्रोह’ जस्ता अभिव्यक्ति हताशकव अभिव्यक्ति बाहेक केही नभएको पनि बताएका छन् । प्रचण्डका अभिव्यक्तिलाई ओलीले ‘वाह्य शक्तिको आडमा मुलुकमा राजनीतिक अस्थिरता फैलाउने, जातीय–क्षेत्रीय द्वन्द्व चर्काएर राजनीतिक अभीष्ट पूरा गर्ने र प्रत्येक राजनीतिक दलहरु भित्र विभाजन ल्याउने र यसबाट आफ्नो स्वार्थसिद्धि गर्न अभ्यस्त कतिपय नेताहरु यी दाउपेच निष्प्रभावी हुँदै गएका कारण अतालिएको’ भनेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

https://drive.google.com/file/d/12wB_TbfTo452vvY3gJh30a8aiP9ljFzq/view

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP