शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियाको सिड्नीमा रहेका प्रजातन्त्रप्रेमी नेपालीको समूहले बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको स्थापना गरेर उनको बहुआयामीक ब्यक्तीत्वको चर्चा अनि सम्झना गरेका छन्।

बिपी कोइराला युवा नेतृत्व विकास मन्चको ओसेनिया संयोजक प्रज्वल भट्टराईको सभापतीत्वमा सञ्चालित कार्यक्रममा मन्चको अस्ट्रेलिया कार्य समिति घोषणा गरेको थियो।

नवगठित मञ्चको अस्ट्रेलिया कार्यसमितिको अध्यक्षमा रमेश अधिकारी, एनएसडब्लु संयोजकमा सगुन बिक्रम राणा, भिक्टोरिया संयोजकमा तिलक सापकोटा, क्वीन्सल्यान्ड संयोजकमा सुनिल बस्नेत, साउथ अस्ट्रेलिया संयोजकमा उमेश पौडेल, एसीटी संयोजकमा बिनोद उप्रेती, तास्मानिया संयोजकमा सुरज अधिकारी, नर्दन टेरोटेरीमा केशव वाग्ले संयोजक तोकिएका छन्।

यस्तै कार्यसमितिको उपाध्यक्षमा धन तामाङ, कृष्ण पौडेल र बिष्णु कोइराला छन्। मन्चको महासचिवमा क्षीतिज कार्की, सचिवमा भुपाल कार्की, कोषाध्यक्षमा सुजाता सिग्देल छन्।

संस्थाका कार्यसमिति सदस्यमा रविन्द्र सापकोटा, एकनाथ सुबेदी, नेत्र पौडेल, तारा दाही, सोभितजंग कुँवर पुष्पा रिमाल, सुवासचन्द्र अर्याल र अर्जुन तिमल्सिना छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै एनआरएन ग्लोबलका उपाध्यक्ष मन खत्रीले बिपी जस्ता महान राजनीतिक ब्यक्तीत्वलाई सम्झन पाउनु पनि महत्वपूर्ण अवसरका रुपमा रहेको बताए।

उनको प्रजातन्त्र, समाजवाद र मेलमिलापको नीतिबाट आफूहरूले अझै धेरै कुरा सिक्न बाँकी रहेको केसीले सुनाए। त्यतिबेला बिपीलाई पढ्ने र सुन्ने निकै छोटो अवसर पाएको स्मरण गर्दै केसीले भने, ‘बिपीको प्रजातान्त्रिक समाजवाद र त्यसको व्याख्या अहिलेको क्रान्तिकारी अभियानभन्दा धेरै महत्वपूर्ण र व्यवहारिक प्रमाणित भएका थिए।’ कार्यक्रममा आइसीसी सदस्य अरूण कुमार ठाकुरले बिपीको मेलमिलाप सिद्धान्तले मुलुकलाई एकताको सुत्रमा बाधेको सम्झना गरे ।

कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बिपी नेपाली कांग्रेसका मात्र नभइ देशका एक सच्चा राष्ट्रभक्त नेता भएकाले बिपीको नाम सुन्ने बित्तीकै हरेक नेपालीको शिर श्रद्धाले झुक्ने गरेको बताए।

कार्यक्रममा बोल्दै एनआरएन कोषाध्यक्ष अनिल पोखरेलले बिपीको बारेमा बोल्नु भन्दा उहाँका विचार र सिद्धान्तका बारेमा सुन्नु र जान्नु अहिलेको परिप्रेक्षमा महत्वपूर्ण रहेको बताए ।

लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईँले सञ्चालन गरेको कार्यक्रममा एनएडीएफका अध्यक्ष सुरेन्द्र सापकोटा, सामाजिक अभियन्ता बुद्धी डल्लाकोटी, युवा व्यवसायी डिला खरेल, जन सम्पर्क समितिका संस्थापक दिनेश जोशी, एनएडीएफका पूर्व अध्यक्ष डिल्ली ढकाल, साउथवेष्ट नेपाली समाजका अध्यक्ष देवेन्द्र सापकोटा, कन्चन पोखरेल, जनसम्पर्क समिति न्युसाउथवेल्सका अध्यक्ष थानु शाक्य, युवा उद्यमी कुशल केसी, नयाँका अध्यक्ष प्रकाश अर्याललगायतले बिपीको बिचार र सिद्धान्त अनि राजनितीक सोचका बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा जनसम्पर्क समन्वय समितिका सदस्य सुजित सिंह, जन सम्पर्क समिति अस्ट्रेलियाका साइमन मुडवरी, जनसम्पर्क समितिका कृष्ण गिरि, सूर्य खनाललगायतका वक्ताले कांग्रेस र बीपीको सिद्धान्तका बारेमा प्रकाश पारेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP