सोमबार , असार १५, २०८३

एक अमेरिकी संघीय न्यायाधीशले एलन मस्क र उनले नेतृत्व गरेको सरकारी कार्यक्षमता विभाग डोजले युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन भएको भन्दै अनुदान सहायता कटौतीबारे अहिले थप निर्णय नलिन सरकारलाई आदेश दिएका छन् ।

विदेशी सहायता नियोग यूएसएड बन्द गराउँदा एलन मस्कको नेतृत्वमा गठित डोजले संविधानभन्दा बाहिर गएको अमेरिकी न्यायाधीश थियोडोर चुआङको निष्कर्ष छ ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई युएसएड अधिकारीहरू र ठेकेदारहरूलाई हटाउने काम रोक्न आदेश दिएका छन् । साथै पूर्व कर्मचारीहरूको सरकारी इमेल, सुरक्षा, र भुक्तानी प्रणालीमा पहुँच पुनःस्थापित गर्न निर्देशन दिएका छन् ।

न्यायाधीश चुआङलेले सरकारलाई बन्द गरिएको युएसएड मुख्यालय अर्थात रोनाल्ड रेगन भवनमा आफ्ना कर्मचारी फर्कन अनुमति दिन भनेका छन् । न्यायाधीशको आदेशपछि प्रशासनले यस निर्णयको अपिल गर्ने सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

यो मुद्दा मेरील्याण्डको संघीय जिल्ला अदालतमा युएसएड पूर्व कर्मचारीहरूद्वारा दायर गरिएको थियो। यसमा मस्कले संस्थाको वेबसाइट मेटाउने र यसको मुख्यालय बन्द गर्ने भूमिकाबारे प्रश्न उठाइएको थियो।

६८-पृष्ठ लामो आफ्नो निर्णयमा चुआङले एलन मस्कले अमेरिकी संविधानको नियुक्ति धारा उल्लङ्घन भएको उलेलेख गरेका छन् । उनले त्यस्तो जिम्मेवारी सिनेटको अनुमोदनबेगर लिन नमिल्ने पनि न्यायाधीशको रायमा उल्लेख छ । राष्ट्रपतिले आफ्ना सल्लाहकारहरूलाई परम्परागत सीमाहरू पार गर्न अनुमति दिएर नियुक्ति धारा निरीक्षणबाट बच्न खोजेको समेत न्यायाधीश चुआङले जिकिर गरेका छन् ।

ट्रम्प प्रशासनले भने नियोग बन्द गर्ने निर्णय विदेश मन्त्री मार्को रुबियो र कार्यवाहक प्रशासक पिटे मारोले गरेको भन्दै उनीहरुले मस्कको सिफारिश कार्यान्वयनमात्रै गरेको दाबी गरेको थियो । न्यायाधीश चुआङले भने युएसएड मुख्यालय बन्द गर्ने र वेबसाइट मेटाउने निर्णय मस्कले नै गरेको निष्कर्ष निकालेका छन् । ट्रम्प प्रशासनले यसको कुनै औपचारिक स्वीकृति देखाउन नसकेको समेत उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP