
सबिन बराल,डार्बिन। अस्ट्रेलियाको नर्दन टेरोटरी राज्यको डार्विन शहरमा व्यवसायीक रुपमा एक चिरपरिचित नाम हो श्रीकृष्ण ढुंगाना। लामो सयम देखि LendingMart नामक कम्पनिद्वारा डार्विनमा होम लोन, कार लोन र अन्य व्यवसायिक लोन सम्वन्धि सम्पूर्ण कार्यको सुविधा दिदै आउनुभएका उही सफल नेपाली मोर्गेज ब्रोकर श्रीकृष्ण ढुंगाना यस बर्ष Northern Territory बाट Residential Finance Broker Award र Regional Finance Broker Award को लागि साउथ अस्ट्रेलिया र नर्दन टेरोटरी राज्यबाट फाईनालिस्टमा पर्न सफल हुनुभएको छ।
Mortgage and Finance Association of Australia (MFAA ) State Excellence अवार्ड हरेक बर्ष एस क्षेत्रमा काम गर्ने मोर्गेज तथा फईनान्स ब्रोकरहरुलाई उनीहरूको व्यावसायिकता, ईमानदारी, नैतिक आचरण, विकास र इनोभेसनको लागि अवार्ड प्रदान गर्दै आइरहेको छ। MFAA Excellence अवार्डको लागि स्वतन्त्र निकाए र विभिन्न उद्योग विशेषज्ञ, व्यवसायिक र विज्ञहरु द्वारा छानिन्छन । यस बर्ष दुईवटा उपाधिको लागि श्रीकृष्ण ढुंगाना उत्कृस्टमा पर्न सफल हुनुभएको छ ।
MFAA भन्छ-,” श्रीकृष्ण ढुंगाना व्यावसायिकता, निष्ठा, नैतिक आचरण, विकास र इनोभेसन्नको प्रदर्शनका लागि फाइनलिस्टमा पर्नसफल हुनुभएको हो ।”
State Excellence अवार्ड को फाईनालिस्टमा पहिलो पटक एक नेपाली ब्यवसायी पर्न सफल भएकोमा आफ्ना सबै कर्मचारीहरुलाई धन्यबाद दिदै ढुंगाना भान्नुन्हुन्छ- “दुइ राज्य भरिका सबै मोर्गेज तथा फईनान्स ब्रोकरहरुलाई उछिन्दै फाईनालिस्टमा पर्न सफल भएकोमा धेरै खुसि छौ। अघिल्लो बर्ष कोरोनाको बिपत्तले गर्दा मोर्गेज तथा फाईनान्समा धेरैनै चुनौतीहरु सामना गर्नु परेको थियो, तर पनि LendingMart ले ग्राहकको सन्तुस्टीलाई नै प्राथमिकता दिदै पहिले भन्दा आजका दिनमा अझ बढी परिस्कृत हुदै आफ्नो प्रतिबद्धतामा डटेर आगाडी बढीरहेका छौ ।”
LandingMart ले ग्राहकको चाहना अनुसार होम लोन, रिफाईनान्स, कार लोन तथा जुनसुकै व्यवसाहिक लोन सेवा प्रदान गर्दै आइरहेकोछ ।ढुंगाना थप्नुहुन्छ,आजको समय सम्म आइपुग्दा, लामो समयको अनुभबले गर्हक बर्गको मायाले गर्दा नै हामीलाई निष्ठावान भई अगाडी बढ्न, समृद्ध र सक्षम हुन सहयोग गरिरहेको छ त्यसैले ग्राहकलाइ छिटो-छरितो सेवा प्रदान गरि उनिहरुको आवश्यकता लाई परपुर्ति गर्नुनै हाम्रो मुख्य उदेश्य हो ।
बिगत १९ बर्ष देखि MFAA अवार्डले मोर्गेज तथा फईनान्स क्षेत्र बिकासको लागि ठुलो भूमिका निभाउदै आइरहेको छ । एस किसिमको अवार्डलाई मोर्गेज तथा फईनान्स क्षेत्रमा निकै महत्त्वपूर्णका साथले हेरिन्छ। MFAA ले MFAA Excellence National Award आउने जुलाईमा बिजेता घोषणा गर्दै छ। फाइनालिस्ट मध्य श्रीकृष्ण ढुंगानाले Northern Territory बाट Residential Finance Broker Award र Regional Finance Broker Award बेजेताको हातपार्ने सम्भावना बढ्दो छ।
पुराखबर अनलाइन परिवार वहाको सफलताको कामना गर्दछ।