आइतबार , जेठ १९, २०८२

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले मेलबर्नको ग्लेनरोयमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतको नयाँ कार्यालय उद्घाटन गरेकी छिन् । नेपाल फेष्टिभलमा सहभागी हुन यहाँ आएकी राजदूत यादवले आईतबार वाणिज्यदूतको कार्यालय रिबन काटेर उद्घाटन गरिन् । यसका साथै राजदूत यादव र भिक्टोरियाकी सांसद क्याथलिन म्याथ्यूले एकसाथ नेपाल र अष्ट्रेलियाको झण्डोत्तोलन पनि सम्पन्न गरेका छन् ।

नेपालीहरुको बाक्लो बसोबास रहेको ग्लेनरोय क्षेत्रमा नयाँ वाणिज्यदूतको कार्यालय खोलिएको हो । केही समय अघिदेखि सञ्चालनमा आएपनि नयाँ राजदूत आएको अवसर पारेर कार्यालयको उद्घाटन गरिएको हो । उक्त अवसरमा वाणिज्यदुत निराजन गौलीले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहभागी हुन मेलबर्नमा रहेको नेपाली समूदायका अगुवाहरु उपस्थित थिए ।

कार्यक्रममा बोल्दै पूर्वमहावाणिज्यदुत एवं एनआरएन आईसीसीको उच्चस्तरीय समितिका संयोजक शेष घले, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. एकिन्द्र तिमल्सिना, एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुक, दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, नारी निकुञ्ज भिक्टोरिया संयोजक राशीसिंह ठकुरी, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. तिलक पोखरेल, फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन्स ईन अष्ट्रेलिया फेन्काका अध्यक्ष बम योन्जन लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले दूतावासले दिने सेवालाई चुस्त बनाउँदै वाणिज्यदूतको कार्यालयहरुबाट समेत दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए । उक्त अवसरमा अष्ट्रेलियन अफ दि ईयर एवार्ड प्राप्त ऐश्वर्य कंशाकारलाई सम्मान गरिएको थियो ।

@kbckhabar

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 150 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP