शनिबार , जेठ १८, २०८२

बलिउड अभिनेता आमिर खानको ६०औँ जन्मदिन। March 14

तर यसपटक उनको जन्मदिनभन्दा चर्चाको विषय बनेको छ- नयाँ प्रेमिका।

आमिरले जन्मदिनको पूर्वसन्ध्यामा बिहीबार साँझ मुम्बईको एक होटलमा आयोजित प्रि-बर्थडे सेरेमोनीमा आफ्नो प्रेमिका सार्वजनिक गरेका हुन्।

बिहीबार साँझ आमिरले एकाएक नयाँ प्रेमिका भन्दै गौरी स्प्राट नामकी महिलालाई मिडियासामु प्रस्तुत गर्दा बलिउडमा तरंग छाएको छ।

प्रेमिकाको परिचय गराउँदै आमिरले १८ महिनादेखि गौरीसँग डेटिङ गरिरहेको बताए।

गौरी बैंग्लोरमा सैलुन व्यवसाय चलाउने रीता स्प्राटकी छोरी हुन्।

जीवनका धेरै समय बैंग्लोरमा बिताएकी उनले सन् २००४ मा लन्डनको युनिभर्सिटी अफ आर्ट्समा फेसन डिजाइन, एफडीए स्टाइलिङ र फोटोग्राफी कोर्स अध्ययन गरिन्।

अहिले उनी मुम्बईमा बिब्लन्ट नामक सैलुन सञ्चालन गर्छिन्।

मिडिया कुराकानीमा बिहीबार गौरीले आफूले आमिर खानको प्रोडक्सन कम्पनीसँग मिलेर काम गरिरहेको बताएकी छन्।

गौरीको ६ वर्षीय सन्तान पनि छन्।

बिहीबार आमिरले आफ्नो प्रेमसम्बन्धबारे खुलासा गर्दै भने, ‘हेर्नुस, मैले तपाईंहरू कसैलाई केही पनि थाहा पाउने मौका दिइनँ।’

हुन त यसअघि पनि आमिरले कुनै महिलासँग प्रेम गरिरहेको चर्चा चलेको थियो।

आमिरले गौरी भेट्न बैंग्लोरमा जाने गरेको र त्यहाँ मिडियाको उपस्थिति पनि पातलो हुने गरेकाले यो कुरा सार्वजनिक नभएको बताए।

गौरी मुम्बईमा आउँदा आफूले आफ्ना बच्चा र परिवारसँग भेटाएको पनि आमिरले बताए।

शुक्रबार आमिरले साथी र परिवारसँग डिनरको आयोजना गर्दै छन्।

जहाँ गौरी पनि उपस्थित हुने बताइएको छ।

आमिर खानको पहिलो विवाह रीना दत्तासँग भएको थियो। उनीबाट एक छोरा जुनैद खान र छोरी आइरा खान छन्।

रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले किरण रावसँग विवाह गरे, जसबाट एक छोरा आजाद भएका छन्।

तर आमिर र किरणको पनि सम्बन्ध विच्छेद भइसकेको छ।

आमिरको आगामी फिल्म ‘सितारे जमिन पर’ प्रदर्शनको तयारीमा छ। यो फिल्म यसअघिको हिट ‘तारे जमिन पर’को दोस्रो शृ‌ंखला हो।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 115 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP