मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका नेता भीम रावलले स्थिति आइपुग्यो भने पार्टी फुट्न सक्ने बताएका छन्।

शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ। हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं। तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ। त्यसका लागि तयार भइरहनुहोला,’ उनले भने।

आजभन्दा तीन वर्षयता एमाले पार्टी होइन नेकपा भएको सम्झँदै उनले कतिले यसअघिको चुनावमा एमालेले हँसिया-हथौडामा र कति माओवादीले सूर्य चिन्हमा भोट हालेको बताए।

त्यसअघि २०३५ सालदेखि २०४७ सालसम्म माले पार्टी रहेको उनले स्मरण गराए। त्यसपछि मात्र तत्कालीन अवस्थामा एमाले पार्टी बनेको र चुनाव चिन्ह माधवकुमार नेपालले निर्वाचन आयोगबाट ल्याएको दाबी उनले गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP