मंगलबार , जेठ २१, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को आरोप लगाएका छन् । आज (शुक्रबार) माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि । सबैले बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनताले बुझेका छन्,’– प्रचण्डले भने ।

राजावादीहरु सल्बलाएको प्रसंग जोड्दै उनले अहिलेको परिस्थिति खतरनाक भइनै सक्यो भन्ने चाही नरहेको तर दुस्साहस भने भएको उनको भनाइ छ । उक्त दुस्साहसलाई माओवादीले ‘इटको जवाफ पत्थरले दिने’ उनको चेतावनी छ । अध्यक्ष प्रचण्डले देशको ठूला–ठूला मूर्ति चोर र वंश नास गर्ने ‘भाइमारा’ नेपाली जनताले विर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्रलाई सुझाव दिए ।

‘यो जुन नौटङ्कीहरु देखाइँदै छ । राजा, महाराजाको बारेमा । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएको छ ? मुर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मुर्ति चोरहरु अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले विर्सियो भन्ठानेको ?’ प्रश्न गर्दै उनले भने ।

आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डको फेरि एकचोटी छानविन हुनुपर्छ भनेको पनि उनले सुनाए । तर, आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको प्रचण्डले बताए । उनले भने, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानविन गर्नुपर्ने छ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानविन गरेर भाइ मारा र राजद्रोही यिनीहरुलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP