सोमबार , अषोज २६, २०८३

युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले चौथो हार व्यहोरेको छ । आज भएको खेलमा युगाण्डासँग ४० रनले पराजित भएसँगै नेपाल फाइनल होडबाट पनि बाहिरिएको छ ।

युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन् । पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् ।

१ रनमै पहिलो विकेट गुमाएको नेपालले १५ रनमा दोस्रो तथा १७ रनमा तेस्रो र चौथो विकेट गुमाएको थियो भने ३० रन जोड्दा ६ विकेट गुमिसकेको थियो ।

युगाण्डाका इमाकुलेट नाकिसुयीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । इरेने मुटनीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । जानेत माबाजी र कोन्सी लेटले १-१ विकेट लिए ।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन् । इस्थर इलोकुले २२ रन बनाइन् । स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपालको ५ खेलमा २ अंक मात्र छ । युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ ।

अब भोलि हुने अन्तिम दिनको खेलपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ । समूहमा चौथो हुने पक्का भइसकेको नेपालले तेस्रो स्थानका लागि खेल्ने छ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ भने नामिबियाले युगाण्डासँग खेल्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP