मंगलबार , जेठ ७, २०८२

युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले चौथो हार व्यहोरेको छ । आज भएको खेलमा युगाण्डासँग ४० रनले पराजित भएसँगै नेपाल फाइनल होडबाट पनि बाहिरिएको छ ।

युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन् । पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् ।

१ रनमै पहिलो विकेट गुमाएको नेपालले १५ रनमा दोस्रो तथा १७ रनमा तेस्रो र चौथो विकेट गुमाएको थियो भने ३० रन जोड्दा ६ विकेट गुमिसकेको थियो ।

युगाण्डाका इमाकुलेट नाकिसुयीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । इरेने मुटनीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । जानेत माबाजी र कोन्सी लेटले १-१ विकेट लिए ।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन् । इस्थर इलोकुले २२ रन बनाइन् । स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपालको ५ खेलमा २ अंक मात्र छ । युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ ।

अब भोलि हुने अन्तिम दिनको खेलपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ । समूहमा चौथो हुने पक्का भइसकेको नेपालले तेस्रो स्थानका लागि खेल्ने छ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ भने नामिबियाले युगाण्डासँग खेल्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP