आइतबार , जेठ १९, २०८२

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले सदस्यता खुल्ला गरेको छ । आगामी २ वर्षका लािग सदस्यता शुल्क ३० डलर तोक्दै उसले आजीवन सदस्यता शुल्क २ सय ५० डलर रहेको जनाएको हो ।

संस्थाका महासचिव सन्तोष कुँवरले सदस्यहरुलाई एक जानकारीपत्र पठाउँदै आगामी दुई वर्षका लागि नयाँ सदस्यता र नवीकरण खुल्ला गरिएको जानकारी दिएका हुन् । उनले सदस्यहरुले बुझाएको ३० डलरमध्येबाट केही रकम परोपकारी कार्य सञ्चालनका लागि सोसियल वेल्फेयर फन्डमा जम्मा हुने, केही रकम आईसीसीको लेभीका रुपमा जाने र केही रकम सदस्य रहेको राज्यमा बनिरहेको नेपाली कम्युनिटी सेन्टर निर्माणमा समेत योगदान पुग्ने जनाएका छन् ।

एउटा बलियो नेपाली डायस्पोरा निर्माणको यो अभियानमा जुट्न आह्वान गर्दै एनआरएन अष्ट्रेलियाले यस पटक सदस्य संख्या १४ हजारबाट बढाएर २० हजार बनाउने लक्ष्य राखेको पनि महासचिव कुँवरले जानकारी दिए ।

एनआरएन अष्ट्रेलियाले आईसीसीको एमआईएस सिष्टम मार्फत नै सदस्य बन्नका लागि आह्वान गरेको हो । कुँवरले एनआरएन अष्ट्रेलिया आफ्नै विधान अनुसार चलिरहेको र जुन जुलाईमा नै अधिवेशन गर्नेगरी अघि बढेको जानकारी दिए । जुलाई २०२५ मा एनआरएन अष्ट्रेलियाको दुई वर्षे कार्यकालका लागि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 150 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP