सोमबार , असार १५, २०८३

बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल रहेका २० वटा बाणिज्य बैंकमध्ये अधिकांशले निक्षेपको व्याजदर अघिल्लो महिनाकै यथावत राखेका छन् । आगामी चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक भएको व्याजदरमा ३ वटा बैंकले भने व्याजदर घटाएका छन् । फागुन महिनामा औषत ६.०१ प्रतिशत रहेको व्याजदर चैत महिनाको लागि घटेर ५.९३ प्रतिशतमा झरेको छ ।

मुद्धति निक्षेपको अधिकतम् व्याजदर एनआईसी एसिया बैंक र एनएमबी बैंकको रहेको छ । एनआईसी र एनएमबीले चैत महिनाको लागि ६.६ प्रतिशत व्याजदर तोकिएको छ । त्यस्तै, न्यूनतम् व्याजदर लक्ष्मी सनराइज बैंकको ४.७५ प्रतिशत रहेको छ । लक्ष्मी सनराइजले फागुन महिनाको तुलनामा व्याजदर घटाएको हो । त्यसैगरी हिमालयन बैंक र नेपाल बैंकले दुवैले व्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेका छन् ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्स बैंकको ६.२५ प्रतिशत, सानिमा बैंकको ६.०५ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र माच्छापुच्रे बैंकले ६ प्रतिशत व्याजदर कायम गरेका छन् ।

प्राइम कमर्सियल बैंक ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक ६.५ प्रतिशत, एभरेष्ट बैंक ६ प्रतिशत, नविल बैंक ५.७५ प्रतिशत, कुमारी बैंक ५.८१ प्रतिशत, नेपाल एसबीआई बैंक ५.५ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले चैत महिनाको लागि ६ प्रतिशत व्याजदर कायम गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP