आइतबार , जेठ १२, २०८२

बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल रहेका २० वटा बाणिज्य बैंकमध्ये अधिकांशले निक्षेपको व्याजदर अघिल्लो महिनाकै यथावत राखेका छन् । आगामी चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक भएको व्याजदरमा ३ वटा बैंकले भने व्याजदर घटाएका छन् । फागुन महिनामा औषत ६.०१ प्रतिशत रहेको व्याजदर चैत महिनाको लागि घटेर ५.९३ प्रतिशतमा झरेको छ ।

मुद्धति निक्षेपको अधिकतम् व्याजदर एनआईसी एसिया बैंक र एनएमबी बैंकको रहेको छ । एनआईसी र एनएमबीले चैत महिनाको लागि ६.६ प्रतिशत व्याजदर तोकिएको छ । त्यस्तै, न्यूनतम् व्याजदर लक्ष्मी सनराइज बैंकको ४.७५ प्रतिशत रहेको छ । लक्ष्मी सनराइजले फागुन महिनाको तुलनामा व्याजदर घटाएको हो । त्यसैगरी हिमालयन बैंक र नेपाल बैंकले दुवैले व्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेका छन् ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्स बैंकको ६.२५ प्रतिशत, सानिमा बैंकको ६.०५ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र माच्छापुच्रे बैंकले ६ प्रतिशत व्याजदर कायम गरेका छन् ।

प्राइम कमर्सियल बैंक ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक ६.५ प्रतिशत, एभरेष्ट बैंक ६ प्रतिशत, नविल बैंक ५.७५ प्रतिशत, कुमारी बैंक ५.८१ प्रतिशत, नेपाल एसबीआई बैंक ५.५ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले चैत महिनाको लागि ६ प्रतिशत व्याजदर कायम गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP