बुधबार , जेठ ८, २०८२

परासी : बुटवल नारायणगढ सडकमा पर्ने पूर्वी नवलपरासीको दाउन्ने पहाडबाट यात्रु बस खस्दा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये ५ कोअवस्था गम्भीर छ। उनीहरूको परिचय खुलेको छैन।

बुुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७००० नम्बरको बस पहाडबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक दिलिपकुमार गिरीले बताए।

बसमा ३१ जना यात्रु थिए। उनीहरू सबै घाइते भएका हुन्। सांझ ६ बजे भएको दुर्घटनामा परेर घाइते सबैको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घटनालगत्तै दुम्किवास प्रहरीले घाइतेको उद्धार सुरू गरेको ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक मीन कुँवरले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP