मंगलबार , बैसाख २९, २०८३

मेलबर्नमा आगामी मार्च १५ तारिख हुन लागेको नेपाल फेष्टिभल २०२५ मा प्रमुख अतिथिको रुपमा भिक्टोरिया राज्यकी प्रिमियर जसिन्टा एलान सहभागी हुने निश्चित भएको छ । आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल फेष्टिभल तथा एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुकले उक्त जानकारी दिएका हुन् । यससँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव पनि फेष्टिभलमा सहभागी हुनेछिन् । कार्यक्रमका धानुकले नेपाल फेष्टिभल मेलबर्नमा पहिलो पटक राज्यको प्रिमियर नै सहभागी हुँदैगर्दा सबैजना उत्साही भएको धारणा राखे । उनले संघीय सांसदहरु, विपक्षी दलका नेताहरु तथा सांसदहरुले अहिलेसम्म आफ्नो सहभागिता निश्चित गरिसकेको र यो क्रम जारी रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा उपस्थित पत्रकार र अन्य अतिथिहरुलाई स्वागत गर्दै एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले नेपाल फेष्टिभल मेलबर्नमा आउने दर्शकहरुलाई सहज होस् भन्ने अभिप्रायले जिलोंग, बालाराट, बेन्डिगो लगायतका ठाउँबाट आउनका लागि बसको व्यवस्था गर्न लागिएको बताए । उनले २ लाख डलरभन्दा बढीको लगानीमा हुन लागेको नेपाल फेष्टिभल सफल बनाउन मेलबर्नमा रहेका व्यवसायिक संघसंस्थाहरुले गरेको योगदानको स्मरण गर्दै उनीहरुलाई पनि धन्यवाद दिए । यस्तै कार्यक्रममा एनआरएन भिक्टोरियाका सचिव ससेन्द्र गौतमले फेडरेसन स्क्वायरसँगको समन्वय र तयारीको काम सकिएको जानकारी दिए । उनले कार्यक्रम सुरु हुने अघिल्लो दिन शुक्रबारदेखि कार्यक्रम सकिएपछि सोमबारसम्म नै चुस्त सुरक्षा व्यवस्था गरिएको पनि बताए ।

यस पटकको नेपाल फेष्टिभलमा जानकी मन्दिरको प्रारुप प्रदर्शन गर्ने तयारी गरिएको छ भने मिथिला आर्ट, धान रोपाईं गर्ने व्यवस्था र विवाह मण्डप निर्माण गरेर दर्शकहरुलाई बेहुला वा बेहुलीको स्वरुपमा फोटो खिच्न पाउने व्यवस्था समेत गरिनेछ ।

स्टल व्यवस्थापन टास्क फोर्सका विजय दाहालले ८ वटा खानाका स्टल रहने र एउटा नेपाली बियरसहितको पेय पदार्थको छुट्टै स्टल रहने जानकारी दिए । उनले विविध परिकारहरु त्यहाँ उपस्थित हुने अतिथिहरुलाई पस्कने तयारी भएको बताए । उनले ९ वटा स्टलबाट कूल नेपाल फेष्टिभलको खर्चको २५ प्रतिशतभन्दा बढी योगदान पुगेको जानकारी पनि दिए । नेपाल फेष्टिभल सकिने वित्तिकै यसको वित्तिय विवरण भिक्टोरियावासी नेपालीहरुसामू सार्वजनिक गर्ने प्रतिबद्धता पनि पत्रकार सम्मेलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) का संरक्षक चिरञ्जीवी देवकोटाले नेपाल फेष्टिभल हामी सबैको कार्यक्रम भएकोले यसमा सक्रियतापूर्वक लाग्नेहरुलाई धन्यवाद दिएका थिए भने नेपाल फेष्टिभललाई सफल बनाउन सुझाव पनि दिएका थिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटकका नेपाल फेष्टिभल सफल बनाउनका लागि प्रायोजन टास्कफोर्समा मणिरत्न सापकोटा, खाना तथा स्टल व्यवस्थापनमा विजय दाहाल, मिडिया तथा पब्लिकेसनमा दिनेश बन्जारा, भेन्यु संयोजनमा हेम दुलाल र ससेन्द्र गौतम केसी, डिस्प्ले एण्ड डेकोरेसन टास्क फोर्समा डा. तिलक पोखरेल र प्रतिभा शाह, सांस्कृतिक प्रस्तुति टास्कफोर्स संयोजकमा कृष्ण महरा, कल्चरल परेड र फस्र्ट एडमा रोशीनी श्रेष्ठ तथा दिदीबहिनी समाज, स्टेज म्यानेजमेन्टमा उज्वल अधिकारी, स्वयंसेवक व्इवस्थापन टास्कफोर्समा न्याभ तथा मदन सुवेदी, कार्यक्रम प्रस्तोता टास्कफोर्सको संयोजकमा लक्ष्मण सन्जेल, अतिथि निमन्त्रण र व्यवस्थापनमा भिक्टोरियाका लागि नेपाली वाणिज्यदूत निराजन गौली, ससेन्द्र केसी र महादेव धानुक, आपतकालीन स्थिति व्यवस्थापन टास्कफोर्समा जोग लिम्बु, रन्जन वैद्य र सुनील भण्डारी छन् । नेपाल फेष्टिभलको टास्कफोर्सहरुको संयोजन महादेव धानुकले गरेका छन् भने ईभेन्ट कोअर्डिनेटरमा एनआरएन भिक्टोरिया संयोजक मणिरत्न सापकोटा सक्रिय छन् ।

पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई एनआरएन भिक्टोरियाका संयोजक मणिरत्न सापकोटाले धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन मिडिया एण्ड पब्लिकेशन टास्कफोर्सका संयोजक दिनेश बञ्जाराले गरेका थिए ।
@KBCKHABAR

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP