मंगलबार , बैसाख २९, २०८३

सिड्नी । तेस्रो टिका कार्की स्मृति कप भलिबल प्रतियोगिताको महिलातर्फ उपाधी म्याग्दीकाली युनाईटेडले जितेको छ ।

अस्ट्रेलियामा लामो समय सामुदायिक पत्रकारिता गरेका स्वर्गीय पत्रकार कार्कीको स्मृतिमा बागलुङ समाज अस्ट्रेलियाले आइतबार सिड्नीमा महिला र पुरुष (भेट्रान) भलिबल प्रतियोगिता आयोजना गरेको हो । महिला भलिबलको प्रतिस्पर्धात्मक फाइनल खेलमा ढोरपाटन भलिबल क्लब विरुद्ध २ सेटले पछि परेको अवस्थालाई उल्ट्याउदै म्याग्दीकालीले उपाधि माथि कब्जा जमाउन सफल रह्यो ।


उत्कृष्ट कमव्याक गर्ने क्रममा म्याग्दीकालीले लगातार तीनै सेट जितेको थियो ।
समय अभाबका कारण पुरुष (भेट्रान) तर्फ सेमीफाइनल र फाइनलको खेल भने अर्को साता खेलाइने बागलुङ समाज अस्ट्रेलियाका अध्यक्ष विकास सापकोटाले जानकारी दिए । उनका अनुसार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलिया फाइनल प्रवेश गरिसकेको छ । गोल्डेन ब्वाइज र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) बीचको सेमीफाइनल खेल १–१ सेटको अवस्थामा सुरु हुनेछ । ‘समयअभावका कारण सेमीफाइनलको बाँकी खेल र फाइनलसँगै पुरस्कार वितरण अर्को साता हुनेछ’ अध्यक्ष सापकोटाले भने । प्रतियोगितामा महिलातर्फ ६ र पुरुष (भेट्रान)तर्फ १० टोलीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP