मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नमा आगामी मार्च १५ तारिख हुन लागेको नेपाल फेष्टिभलमा चर्चित व्याण्ड कन्दरा, गायिका समिक्षा अधिकारीसँगै शिव परियारले पनि दर्शकहरुलाई मनोरञ्जन दिने भएका छन् । एनआरएन भिक्टोरियाका संयोजक मणिरत्न सापकोटाले गायक शिव परियारले समेत महोत्सवको रौनक बढाउने जानकारी दिए । सापकोटाका अनुसार नेपाली सांगीतिक आकाशमा छुट्टै पहिचान बनाउन सफल परियारले दर्शकलाई नचाउने अपेक्षा छ । उनले भने, “विवेक श्रेष्ठ र कन्दरा व्याण्ड, समिक्षा अधिकारीसँगै शिव परियारले पनि हाम्रो यो उत्सवलाई रौनक थप्नुहुनेछ ।”

चार सातामात्रै बाँकी रहँदा मेलबर्नमा नेपाल फेष्टिभलको तयारी जोडतोडका साथ चलिरहेको छ । कार्यक्रममा आफ्नो प्रस्तुति दिने स्थानीय र नेपालका राष्ट्रिय कलाकारहरुको तयारी जारी राखेका छन् । विभिन्न क्षेत्रमा रहेका नेपाली भाषा विद्यालयहरुमा पढिरहेका विद्यार्थीहरुको विशेष प्रस्तुति रहनेछ ।
संयोजक सापकोटाले यस पटकको नेपाल फेष्टिभल सम्पन्न गर्नका लागि २ लाख ३० हजार डलरको बजेट लाग्ने अनुमान छ ।

“जसमध्ये अधिकांश बजेटको जोहो भइसकेको छ । हाम्रो साथीहरुले आर्थिक पाटोलाई लगभग सकाउनुभएको छ । केही नयाँ प्रायोजकहरु पनि आउन ईच्छुक हुनुहुन्छ, अन्तिम चरणमा कुरा भइरहेको छ ।” उनले भने ।

नेपाल फेष्टिभलमा दोश्रो पुस्ताका नेपाली किशोर किशोरीलाई समेट्नका लागि उनीहरुलाई कार्यक्रमको माष्टर अफ सेरेमोनीमा समेत ठाउँ दिने तयारी छ । यसका लागि ईच्छुकहरुको आवेदन लिने र त्यसमध्ये छनोट गर्ने कार्य सम्पन्न भएको सापकोटाले बताए ।

नेपाल फेष्टिभलका संयोजक सापकोटाले यस पटकको नेपाल फेष्टिभल विगतको भन्दा फरक र भव्य हुने र करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिएका छन् ।

@KBCKHABAR

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP