मंगलबार , बैसाख २९, २०८३

नेपाल भुतपुर्व खोलाडी मन्चले आयोजना गरेको १९औ सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा डार्विनबाट गएका सहभागीहरु मध्ये दशमी गुरुगं ५ किमि महिला भेट्रान तर्फ दोश्रो भईन। गत फागुन ३ गते सम्पन्न यस दौड़ प्रतियोगिता बाट उनले फिनिसर पदक, रजत पदक र ने रु १००००/- पुरुस्कार पाएकि छिन ।
हरेक बर्ष फागुन महिनाको पहिलो शनिवार हुने नेपालको सबभन्दा जेठो म्याराथोन पोखरा अन्तराष्ट्रीय म्याराथोनले बिभिन्न बिधाको दौडहरु थप्दै आएको छ। यसपटको १९औ श्रृंखला मा फुल म्याराथन ४२.१९५ किमि, ४२ किमि हाफ म्याराथोन, १० किमि , ५ किमि आदि बिधाहरु समावेश गरिएको थियो। यसको आलवा दृष्टि विहिन र शारीरिक रुपले अशक्तहरुको व्हीलचेयर दौड पनि प्रतियोगिता अन्तर्गत राखिन्छ।
१७औ श्रृंखला बाट डार्विन निवासी चन्द्र प्रकाश गुरुगं लाई अष्ट्रेलिया संयोजक बनेपछि हरेक बर्ष यहॉबाट आर्थिक सहयोग र सहभागी हरुको जानेक्रम जारी छ।
यसपटक संयोजक आफै फुल म्याराथोनमा, सन्तोष धिताल १० किमि र दशमी गुरुगं ले भेट्रान ५ किमि मा सहभागीता जनाएका थिए।

यस अघि १० किमि मा २ पटक सहभागी भैसकेका दशमीले आफ्नो तयारी राम्रो नभएकोले ५ किमि मा मात्र भाग लिंदा दोश्रो हुन पुगेकोमा खुशी ब्यक्त गर्दै अर्को पटक तयारीका साथ सहभागी हुने र प्रथम हुने लक्ष्य रहेको पुराखबरलाई बताईन। दशमी गुरुगंले बिभिन्न हाफ म्याराथन र कैयौ पटक NTCITY2SURF गरिसकेका छन। झण्डै २०० जति पार्क रन पुरा गरिसकेकि गुरुगं अष्ट्रेलियाको नेपाली समुदाय मा एक अब्बल महिला धावक को रुपमा परिचित छिन।

कुशल भलिबल खेलाडि र टिम नेपाल महिला टिमका कपतान समेत रहेका दशमी ले अष्ट्रेलिया संयोजक मार्फत १९औ पोखरा म्याराथोन लाई ने रु ५००००/- सहयोग समेत गरेकि छिन।
अबको उनको आगमी लक्ष्य भनेको पर्थमा हुन गैरहेको ONSM 25 , में महिना मा हुने Katherine Run Festival 25 र जुन महिनामा डार्विन मा हुने NTCITY2SURF मा सहभागीता हुने रहेको छ। पुराखबर दशमी गरुंगको हरेक दौडमा सफल्ताको शुभकामना ब्यक्त गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP