शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसभित्र नेताहरुको गुट अदलीबदली चलिरहेको छ । १५औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने तयारीसाथ देशव्यापी अभियान छेडिरहेका डा. शेखर कोइरालाले आफ्नो क्याम्पमा सभापति शेरबहादुर देउवाकै विश्वासपात्र नेता एनपी साउदलाई भित्र्याएको चर्चा छ ।

लामो समय देउवाको क्याम्पमा रहेका साउद पछिल्लो समय शेखरसँग निकट मानिन्छन् । सुदूरपश्चिममा देउवापछिको नेताको छवि बनाएका एनपीले शेखरसँग निकटता बढाएर आगामी महाधिवेशनमा महामन्त्रीको बलियो दाबेदारी प्रस्तुत गरेको पनि चर्चा छ । साउदले अहिलेको कांग्रेस–एमालेको सहकार्यलाई लिएर पनि आलोचनात्मक चेत पस्किएका छन् ।

उनले सार्वजनिक रुपमै चिनियाँ सहयोग परियोजना बीआरआई ऋणमा लिन नहुने भनेर अभिव्यक्ति दिएका छन् । अहिले अध्यादेशको पनि खुलेर विरोध गरेका छन् । सार्वजनिक रुपमा आफ्नो मन्तव्यमा पनि उनले कांग्रेस र एमालेको सहकार्यलाई असर पुर्याउनेगरि टिप्पणी गरेको भनेर चर्चा भैरहेको छ । सभापति देउवाले कञ्चनपुरकै अर्का नेता रमेश लेखकलाई बढि बोकेपछि एनपीले कित्ता चेञ्ज गरेको कांग्रेसी नेताहरुको भनाई छ ।

शेखरकै टिममा रहेर १४औं महाधिवेशनमा महामन्त्रीमा बाजी मारेका गगन थापा भने यतिवेला बुढानिलकण्ठको दैलोमा उभिएको बताईन्छ । यद्धपी थापाले सार्वजनिक रुपमा १५औं महाधिवेशनमा आफ्नो छुट्टै गुट खडा गर्ने उद्घोष गरेका छन् । उनले पछिल्लो एक टिभी अन्तर्वार्तामा हिन्दी डायलग ‘मै जहाँ खडा होता हुँ, वहीँसे लाइन सुरु होता हे’ बोलको अंश सुनाउँदै आफूले खडा गर्ने गुट नै शक्तिशाली हुने महत्वकांक्षी अभिव्यक्ति दिए ।

उनी सभापति देउवासामू यतिवेला असामान्य रुपमा लचक र नरममात्रै देखिएका छैनन्, देउवाको निर्देशन पालनमा अतिररिक्त खातिरदारी निभाईरहेको चर्चा छ । संसदीय सर्वोच्चताको दुहाई दिने गगनले नै संसद् छलेर अध्यादेश ल्याउन विज्ञहरु बटुल्ने र दलको कार्यालयमा प्रदर्शन गर्ने काम गरे । अध्यादेशले देशको कायापलट गर्छ भन्ने गगनले संसदको बाटोमार्फत ऐन बनाउन किन सशक्त भूमिका खेलेनन ? भन्ने प्रश्न उब्जिएको छ ।

तर, अध्यादेशको अस्त्रले अहिले कांग्रेस-एमालेको दुई तिहाईको दम्भको वस्त्र उतारिदिएर निर्वस्त्र बनाईसकेको छ । अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने सवालमा जसपा नेपाल नै विपक्षमा उभिएपछि यतिवेला ओली र देउवाको निर्देशन पालना गर्ने गगन थापा र विष्णु रिमालहरुपनि लाजले भुतुक्क भएका छन् । सत्ताको बागडोर सम्हालेका कांग्रेस र एमालेलाई नैतिक संकट उत्पन्न भएको छ ।

शेखरले १५औं महाधिवेनमा सभापतिमा उम्मेद्वारी दिनेगरि कोइराला परिवार एक बनाएको चर्चा छ । सुजाता कोइरालाले त अबको सभापति र प्रधानमन्त्री शेखर नै हुनुपर्छ भनेर सार्वजनिक रुपमै घोषणा गरिसकेकी छिन् । सोही कार्यक्रममा एनपीपनि देखिएका थिए ।

शेखर र सुजाताहरु सँगै देखिएको कार्यक्रममा एनपीले पनि मञ्च सेयर गर्नुलाई बुढानिलकण्ठले राम्रोसँग बुझिसकेको छ । सशांक कोइरालाले पनि शेखरलाई नै साथ दिने धेरैको विश्वास छ । यद्धपी शशांकले सभापति देउवासँग समदुरीको सम्बन्ध राख्दै आएका छन् ।

शेखर र शशांकलाई मिलाउनको लागि उनीहरु पक्षका दोस्रो तहका नेताहरुपनि सक्रियताका साथ लागिपरेका छन् ।१५औं महाधिवेशनको मुखमा पुग्दा नपुग्दै कांग्रेसभित्र धेरै नेताहरुले गुट परिवर्तन गर्ने संकेत अहिले नै प्रष्ट भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP