मंगलबार , असार २३, २०८३

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’

चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।

ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP