मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको आरोप लगाएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले प्रधानमन्त्री ओली संविधान खारेज भएर परिवर्तनको उपलब्धि बर्बाद होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।

‘उहाँ (ओली) ले त आन्दोलनबाट प्राप्त परिवर्तनका सबै उपलब्धि बर्बाद होस्, संविधान नै खारेज होस् भन्ने चाहनु भएको छ’, दाहालले भने ।

ओलीले अघिल्लो कार्यकालमा दुई/दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी रहेको उनले जिकिर गरे ।

वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने उनले ठोकुवा गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा समर्थन गर्न नहुने प्रचण्डले जिकिर गरे ।

प्रक्रिया र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषयमा आएको अध्यादेश गलत रहेको उनको जिकिर छ । ‘विधि र प्रक्रियासम्बन्धी विषयमा अहिलेसम्म उहाँहरू अडिनुभएको छ । मलाई लाग्छ, उहाँहरू अडिनुहुन्छ जस्तै लाग्छ’, उनले भने, ‘उहाँले आफ्नो मुद्दा छोडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन ।’

राष्ट्रियसभामा बहुमत नपुग्ने भएकाले नै अध्यादेश सदनमा नपुगी अड्किएको उनले बताए ।

‘सदनमा अध्यादेश प्रस्तुत नगरी रोकिएर बसेका छन् । तपाईंहरूले राष्ट्रिय सभाको स्थिति बुझिराख्नु भएकै छ। त्यहाँ अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले सदन बोलाउने बेला गलत नियतले अध्यादेश ल्यायो’, उनले भने, ‘प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यो कुरामा सदनमा मैले भनेको छु, हाम्रो दलले बाहिर पनि भनेको छ ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकारबाट आशा गर्न सकिने ठाउँ नै नरहेको दाबी गरे ।

‘यसबाट धेरै राम्रो कुराको आशा गर्ने ठाउँ सुरुदेखि थिएन । यो सरकार संविधान मिचेर बनेको हो । संविधानको ७६ (२) अनुसार मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदा असफल भएपछि सिधै ३ मा गएर ठूलो दलको सरकार बन्ने हो’, उनले भने, ‘संविधानमा अर्को कुनै ठाउँ छैन । यो लोकतन्त्रको मर्मविपरीत पनि छ । संसदीय लोकतन्त्र भन्ने ठाउँमा पहिलो र दोस्रो दल मिलेर सरकार बन्दैन । नेपालमा लोकतन्त्रको मर्मविपरीत भयो । यसबाट धेरै आश गर्ने कुरा छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP