सोमबार , अषोज २६, २०८३

नयाँदिल्ली — दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । योसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ ।

सत्तारूढ आम आदमी पार्टी (आप) ले २२ सिटमा खुम्चिएको छ । चुनावमा आप प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । केजरीवाल भाजपाका प्रवेश बर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका हुन् ।

दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन ।

आप प्रमुख केजरीवालले चुनावी हार स्वीकार गर्दै भाजपालाई बधाई दिएका छन् । ‘जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताका साथ स्वीकार गर्छौं,’ सामाजिक सञ्जालमा प्रेषित भिडियो सन्देशमा केजरीवालले भनेका छन् ।

सन् २०२० को दिल्ली विधानसभा चुनावमा आप ६२ सिटमा विजयी भएको थियो । भाजपाले ८ सिट जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP