बुधबार , जेठ ८, २०८२

नयाँदिल्ली — दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । योसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ ।

सत्तारूढ आम आदमी पार्टी (आप) ले २२ सिटमा खुम्चिएको छ । चुनावमा आप प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । केजरीवाल भाजपाका प्रवेश बर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका हुन् ।

दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन ।

आप प्रमुख केजरीवालले चुनावी हार स्वीकार गर्दै भाजपालाई बधाई दिएका छन् । ‘जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताका साथ स्वीकार गर्छौं,’ सामाजिक सञ्जालमा प्रेषित भिडियो सन्देशमा केजरीवालले भनेका छन् ।

सन् २०२० को दिल्ली विधानसभा चुनावमा आप ६२ सिटमा विजयी भएको थियो । भाजपाले ८ सिट जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP