शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । चर्चित गायक वैकुण्ठ महत र गायिका एवम् प्रस्तोता शितल शर्माको स्वरमा ‘पिरतीमा ए प्लस’ बोलको गीत बजारमा आएको छ । आफूलाई माया गर्ने दर्शक श्रोताका लागि नयाँ वर्ष २०७६ को उपहार स्वरुप गीत सार्वजनिक गरिएको हो । रमेश बिजीको शब्द र वैकुण्ठ महतको लयमा तयार पारिएको गीतमा कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिको गीतलाई मिक्सिङ तथा मास्टरिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् । गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही, आकृति विश्वकर्माको कोरस गायन रहेको छ ।

शितल शर्माको युटुव चयानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन्। मनोज कार्कीको सम्पादन रहेको यस गीतको बजार व्यवस्थापन लुमिनिअस पोष्टवर्कस्ले गरेको छ ।

गीतबाट आफु निकै आशावादी रहेको गायिका शितलले पुराखबरलाई बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP