सोमबार , अषोज २६, २०८३

पर्यटकीय नगर पोखरामा हरेक बर्ष संचालन हुँदै आएको अन्तराष्ट्रियस्तरको दौड़ प्रतियोगिता “पोखरा अन्तराष्ट्रिय म्याराथन” मा अष्ट्रेलियामा रहेका पोखरेली खेलाडी धाबक जोडी चन्द्र प्रकाश गुरुगं र उहॉको श्रीमती दशमी गुरुगंले यस बर्ष पनि सहभागिता जनाउने भएका छन।
नेपाल भुतपुर्ब खेलाडी मन्च मुख्य आयोजक रहेको उक्त प्रतियोगिताको १९ औं शृंखला आगामी फागुन ३ गते शनिवार पोखरामा हुँदैछ भने गुरुगं दाम्पतीले प्रतियोगितामा तेश्रो पटक सहभागिता जनाउंदै छन।

गुरुङ जोडी दुवैजना मन्चको आजिबन सदस्य हुन भने चन्द्र प्रकाश गुरुगं यस पोखरा अन्तराष्ट्रिय म्याराथनको १७औं श्रृंखलाबाट अष्ट्रेलिया संयोजक रहदै आयका छन। उनले आफ्नो जिम्मेवारी सम्हाले यता हरेक बर्ष अष्ट्रेलिया बाट आर्थिक सहयोग संकलन गरि केहि धावकहरुलाई समेत प्रतियोगितामा सहभागी गराउने गरेको बुझिएको छ।
यसपटक गुरुङले आफु ५० बर्ष पुगेको अबसरमा बिशेष लक्ष सहित पूर्ण म्याराथन अर्थात ४२ किमी १ सय ९५ मिटरको दुरी  पार गर्ने लक्ष राखेका छन। ‘ यो दौड आम मानिसको लागि निकै जटिल मानिएपनि असंभव छैन, यस अगाडी पनि दुईपटक पुरा दुरी पुरा गरिसकेको कारण यस पटक सहजै फुल म्यारोथन पुरा गर्नेमा बिश्वस्थ छु।’  अष्ट्रेलियाबाट उड्नु अघि गुरुंगले पुराखबरसंग भने।

उनले यस पटक आर्थिक सहयोग गरिदिन अष्ट्रलिया स्थिति खेलकुद क्लब र ब्यवशायीहरु संग मात्र अनुरोध गरेकाछन भने नेपालमा रहनुहुने आफ्नो फेसबुकमा जोडिएका सबैलाई मेसेन्जर मार्फत आग्रह गरेका छन। ‘तपाईको सानो सहयोगले मेरो लक्ष हासिल गर्न ठुलो मद्दत पुग्नेछ भन्नेमा पुरा बिश्वास छ र सहयोग संकलन गर्ने अभियान माघ महिनासम्म रहनेछ।’
गुरुङले  पुराखबरसंग पुन थपे, यसपटक संकलित रकम पोखराको खेलकुदक्षेत्रको बिशेष बिकासमा नै खर्च हुनेछ।
हाल सम्म अष्ट्रेलिया बाट $१५०० बढि संकल्न भएको र नेपालबाट ने रु ११५०००/- बढि संकलन भैसकेको गुरुगं बताउछन। माघ महिनाको अन्तमा संकलित रकमको पुरा बिवरण र नगद मुल आयोजकलाई एक समारोहका बीच पोखरामा हस्तांतरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP