आइतबार , जेठ १९, २०८२

पर्यटकीय नगर पोखरामा हरेक बर्ष संचालन हुँदै आएको अन्तराष्ट्रियस्तरको दौड़ प्रतियोगिता “पोखरा अन्तराष्ट्रिय म्याराथन” मा अष्ट्रेलियामा रहेका पोखरेली खेलाडी धाबक जोडी चन्द्र प्रकाश गुरुगं र उहॉको श्रीमती दशमी गुरुगंले यस बर्ष पनि सहभागिता जनाउने भएका छन।
नेपाल भुतपुर्ब खेलाडी मन्च मुख्य आयोजक रहेको उक्त प्रतियोगिताको १९ औं शृंखला आगामी फागुन ३ गते शनिवार पोखरामा हुँदैछ भने गुरुगं दाम्पतीले प्रतियोगितामा तेश्रो पटक सहभागिता जनाउंदै छन।

गुरुङ जोडी दुवैजना मन्चको आजिबन सदस्य हुन भने चन्द्र प्रकाश गुरुगं यस पोखरा अन्तराष्ट्रिय म्याराथनको १७औं श्रृंखलाबाट अष्ट्रेलिया संयोजक रहदै आयका छन। उनले आफ्नो जिम्मेवारी सम्हाले यता हरेक बर्ष अष्ट्रेलिया बाट आर्थिक सहयोग संकलन गरि केहि धावकहरुलाई समेत प्रतियोगितामा सहभागी गराउने गरेको बुझिएको छ।
यसपटक गुरुङले आफु ५० बर्ष पुगेको अबसरमा बिशेष लक्ष सहित पूर्ण म्याराथन अर्थात ४२ किमी १ सय ९५ मिटरको दुरी  पार गर्ने लक्ष राखेका छन। ‘ यो दौड आम मानिसको लागि निकै जटिल मानिएपनि असंभव छैन, यस अगाडी पनि दुईपटक पुरा दुरी पुरा गरिसकेको कारण यस पटक सहजै फुल म्यारोथन पुरा गर्नेमा बिश्वस्थ छु।’  अष्ट्रेलियाबाट उड्नु अघि गुरुंगले पुराखबरसंग भने।

उनले यस पटक आर्थिक सहयोग गरिदिन अष्ट्रलिया स्थिति खेलकुद क्लब र ब्यवशायीहरु संग मात्र अनुरोध गरेकाछन भने नेपालमा रहनुहुने आफ्नो फेसबुकमा जोडिएका सबैलाई मेसेन्जर मार्फत आग्रह गरेका छन। ‘तपाईको सानो सहयोगले मेरो लक्ष हासिल गर्न ठुलो मद्दत पुग्नेछ भन्नेमा पुरा बिश्वास छ र सहयोग संकलन गर्ने अभियान माघ महिनासम्म रहनेछ।’
गुरुङले  पुराखबरसंग पुन थपे, यसपटक संकलित रकम पोखराको खेलकुदक्षेत्रको बिशेष बिकासमा नै खर्च हुनेछ।
हाल सम्म अष्ट्रेलिया बाट $१५०० बढि संकल्न भएको र नेपालबाट ने रु ११५०००/- बढि संकलन भैसकेको गुरुगं बताउछन। माघ महिनाको अन्तमा संकलित रकमको पुरा बिवरण र नगद मुल आयोजकलाई एक समारोहका बीच पोखरामा हस्तांतरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 150 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP