मंगलबार , बैसाख २९, २०८३

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली समुदायहरुले तमु ल्होछार भव्य रुपमा मनाएका छन् । तमु ल्होछारको अवसरमा जनवरी ४ तारिख माराना अडोटेरियममा तमु समाज सिड्नीको आयोजनामा सो सांस्कृतिक पर्व भव्य रुपमा मनाइएको हो । बेलुकी ५ बजे देखि सुरु भएको कार्यक्रममा धर्मगुरु नागावाङ ग्यात्सो गुरुङबाट मन्त्र वाचन र ग्रह शान्ति पुजा सहित सुरु गरिएको कार्यक्रम पश्चात औपचारिक कार्यक्रम सुरुवात भएको थियो ।

तमु समाज सिड्नीका अध्यक्ष हिउपती गुरुङले विविधतामा एकता को मुल नाराका साथ मनाउदै आएको ल्होछार यसवर्ष पनि भव्य रुपमा मनाउन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा प्रमुख आतिथीका रुपमा न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्यदूत सञ्जिव शर्मा उपस्थित थिए। ।

तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज), शुभकामना आदानप्रदान सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

तमु समाज सिड्नीका अध्यक्ष हिउपती गुरुङका अनुसार कार्यक्रममा निन्फाका अध्यक्ष सुदर्शन थापा, गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष अनिल पोखरेल, एनएसडब्ल्यू अन्तर्गत बुद्धिस काउन्सिलका अध्यक्ष गावालियन पोयल डेबिस, गोर्खा नेपलिज कम्युनिटीका उपाध्यक्ष पबी सुब्बा, थकाली सेवा समितिका अध्यक्ष दुर्गा गौचन, गुठी अस्ट्रेलियाका अध्यक्ष उमेश नापित, छन्त्याल परिवार सिड्नीका अध्यक्ष बुद्धिमान छन्त्याल, शेर्पा एशोसियसन एनएसडब्ल्यूका अध्यक्ष आङकामि शेर्पा, किराँत खम्बु राई अस्ट्रेलियाका अध्यक्ष योगेन्द्र राई, मगर समाज सिड्नीका अध्यक्ष लुकेश राम्जाली, किराँत याक्तुङ चाम्लुङ अस्ट्रेलियाका उपाध्यक्ष चित्र तुम्बहंग्फे, थारु सोसाइटी सिडनी अष्ट्रेलियाका अध्यक्ष दिपनारायण चौधरी, राजवंशी समाजका अध्यक्ष धर्मेश राजवंशी, एन्टाका अध्यक्ष रञ्जित शाह, पोखरा समाज अस्ट्रेलियका अध्यक्ष तारा गुरुङ, नेपाली साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष सुजाता के।सी।, तमु समाज क्यानबेराका अध्यक्ष राजेश गुरुङ, सामाजिक अगुवा डा। नारायण प्रधान, ग्रेटर सिड्नी मल्टिकल्चरल सेन्टरका अध्यक्ष बिष्णु हमाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

@KBCKHABAR/Bikash

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP