मंगलबार , अषोज २७, २०८३

सन् २०२१ को अन्त्यसम्म विदेशी पर्यटक तथा विद्यार्थीका लागि अस्ट्रेलिया प्रवेश निषेध हुने सम्भावना बढेर गएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहिबार पर्थ रेडियोलाई एक अन्तर्वार्ता दिँदै यदि अस्ट्रेलियाले बोर्डर खुला गरेमा दिनहुँं हजारौ भारइस संक्रमण भित्रिने हुनाले अहिलेको लागि त्यो सम्भव नरहेको बताएका छन्।

अस्ट्रेलियाले आउँदो जुन दोस्रो सातासम्मका लागि मात्र औपचारिक रूपमा बोर्डर बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीको यस्तो स्पष्ट धारणा आएपछि बोर्डर यस वर्षको अन्त्यसम्म नुखल्ने सम्भावना देखिएको हो।

अस्ट्रेलियामा रहेको सबै नागरिकलाई भ्याक्सीन लगाएपछि मात्र पुरानै लयमा फर्कनसक्ने सम्भावना रहेको मोरिसनले बताएका छन्।

कोरोनाको भ्याक्सीन ढिलाइका कारण अस्ट्रेलियाले यस वर्षको अन्त्यसम्म मात्र सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ। अस्ट्राजेनेक भ्याक्सीनले नकारात्मक प्रभाव पारेपछि अस्ट्रेलियाले अर्को भ्याक्सीन मगाइसकेको छ।

नयाँ खोप आउन समय लाग्ने भएकाले आगामी जनवरीसम्ममा सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीले योजना सुनाए।

‘हामी जानी जानी कोरोना निमन्त्रण गर्न सक्दैनौं, यसका लागि पहिलो प्राथमिकता भने अस्ट्रेलियन जनताको स्वास्थ्य र सुरक्षा नै हो’, प्रधानमन्त्री मोरिसनले रेडियोसँंग कुराकानी गर्दै भने।

प्रधानमन्त्रीले सुरक्षीत अवस्थामा न्युजिल्यान्डसँंगको सिमा खोलेर त्यसको प्रभाव जान्ने काम भएको समेत सुनाए। उनले सिंगापुरसँंग सिमा खोल्ने कुरा अगाडि बढे पनि आफूहरू निकै सशंकित भएको बताए।

यता उनले भ्याक्सीन लगाइसकेका अस्ट्रेलियनको सवालमा भने खुकुलो नीति ल्याइने समेत बताए।

अस्ट्रेलियाले सन् २०२० को मार्चदेखि सिमा प्रतिबन्ध लगाएको थियो। जसले कयौं कारणबस घर फर्केका विद्यार्थी र अन्य भिसामा रहेको ब्यक्तिसमेत एक वर्षदेखि अस्ट्रेलिया फर्कन पाएका छैनन।

पछिल्लो समयमा यहाँका विश्वविद्यालय र कलेजले धमाधम अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गरे पनि उनिहरु स्वदेश वाटै अनलाईन कक्षा पढन बाध्य छन्।

नेपालमा मात्र करिब दुई हजार भिसा लागेर अस्ट्रेलियाको बोर्डर खुल्ने प्रतिक्षामा विलार्थी छन्। तर पछिल्लो अस्ट्रेलियन सरकारको भनाइ र भ्याक्सीनेसनमा ढिलाइनले मंहगो डलर तिरेर अनलाइन पढने विध्यार्थी थप मारमा पर्ने निश्चत देखिएको छ।

बुधबार मात्र अस्ट्रेलियाका स्वास्थ मन्त्री ग्रेग हन्टले एक कार्यक्रममा सबै जनतालाई भ्याक्सीन लगाएपछि मात्र अस्ट्रेलियन सिमा सबैका लागि खुला गरिने बताएका छन्। जसको अर्थ यो वर्ष अस्ट्रेलियाले आफ्नो सिमा खोल्ने सम्भावना निकै न्यून रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP