शुक्रबार , भाद्र १२, २०८३

नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।

प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । एक प्रदेशसभा सदस्य भएको राप्रपा भने तटस्थ बसेको थियो ।

मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसले मत दिएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभालाई सम्बोधन गर्दै शाहीलाई मत दिने बताएका थिए । आफूहरुले मत दिँदा पनि बहुमत नपुग्ने भन्दै उनले भनेका थिए, जो कमजोर छ, उसलाई मत दिन्छौं । हामीलाई सत्ताको लोभ छैन ।’

शाहीले घोषणा गरे जस्तै कांग्रेसका ६ प्रदेशसभा सदस्यले शाहीलाई मत दिएका छन् ।

चार सांसदको फ्लोर क्रस

माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मतले मुख्यमन्त्री शाहीलाई बहुमत पुग्दैनथ्यो । तर नेकपा एमालेका चार सांसदले पार्टीको हृवीप उल्लंघन गर्दै फ्लोर क्रस गरे र, मुख्यमन्त्री शाहीको सरकार जोगाएका छन् ।

एमाले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई मत दिएका हुन् । फ्लोर क्रस गर्ने सांसद ज्वाला र नन्दसिंह बुढा यसअघि शाही नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए ।

प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई हृवीप जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP