
नेपालवाट अष्ट्रेलिया भ्रमणमा आउनु भएका नेपाली काङ्ग्रेसका सह महामन्त्री किशोर सिंह राठोर अष्ट्रेलियाको विभिन्न ठाउँमा भेटघाट , प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा ब्यस्त रहदै गर्दा, हिजो डार्बिन आईपुग्नुु भएको थियो।
यसै सन्दर्भमा जन सम्पर्क समिति NT को आयोजनामा यहि डिसेम्बर २९ का दिन सिटिमा अबस्थित योगिज वे रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि लगभग ५०/६० जना प्रवासी नेपालीहरु र केही छोराछोरी भेट्न आउनु भएका अभिभावक तथा बुवाआमाहरुको उपस्थितिमा अन्तरक्रिया तथा राजनीतिक प्रशिक्षण दिने काम भएको थियो।
सहभागीहरुले राख्नु भएका जिज्ञासा तथा प्रश्नको जवाफ दिदै गठबन्धन गर्नै पर्ने बाध्यताले गरिएको हो, रहरले वा कम्जोर मानसिकताका कारण गरिएको हैन। यसमा कसैले अन्यथा न लिनु भए हुन्छ भन्ने वहाको तर्क थियो ।
हामी नेपाल फर्केर त्यहीँ केही गराैं भन्ने बाताबरण वा माहोल कहिले बन्ला र बिकास भएको देश नेपाल हेर्न कहिले पाईएला भन्ने एक प्रवासी युवाको प्रश्नलाई माननीय राठोरले जवाफ दिदै भन्नू भयो कि यदि तपाईहरुले आँफू बसेको अष्ट्रेलिया जस्तै, युरोप अमेरिका जस्तै बिकसित नेपाल खोज्नु भएको हो भने अझै पचास वर्ष नेपाल यस्तो बन्दैन, फोस्रा नारा दिएर म सिङ्गापुर बनाउछु, स्विजरलैण्ड बनाउछु भनेर भएन। जबसम्म नेताहरुले कर्मचारीहरुले र न्यायलयले सत्यकाे पक्ष लिन्न देश र जनताको पक्षमा ईमानदारीता देखाउन्न तबसम्म देश सधैं यस्तै हो भन्दै निरास खालको अभिब्यक्ती दिदै गर्दा फेरि यो भन्दै गर्दा देशमा विकास न भएको, केही नभएको खतमै भएको अर्थमा न बुझिदिन अनुरोध गर्दै बीस वर्ष अगाडिको नेपाल र आजको नेपालमा जुन फरक पाउनुहुन्छ हिजोका ती नेपाली र आजका नेपालीमा देखिएको शैक्षिक स्तर , बाैद्धिक स्तर , चेतनाको विकासमा जुन ढङ्गको परिवर्तन पाउनु भएको छ, देख्नु भएको छ यो परविर्तन यहाँ सम्म ल्याई पुर्याउन काङ्ग्रेस पार्टीको ठुलो योगदान रहेको छ र यो काङ्ग्रेसकै देन हो भन्दै गाउँका कुनाकुना सम्म बाटोघाटो , शिक्षा ,स्वास्थ , बिजुली , पानीको जुन सुविधा जनताले उपभोग गरेका छन यसको श्रेय काङ्ग्रेसलाई जान्छ र यो हो पनि भन्नेकुरामा जोड दिनुभएको थियोे ।
काङ्ग्रेस समर्थकहरुकाे बाक्लो उपस्थिति रहेपनि भिन्न बिचार र विभिन्न पार्टीमा आस्था राख्नेहरुको समेत उपस्थिति रहेको उक्त खुला कार्यक्रममा पार्टीको कम्जोर पक्षको साथै कहिलेकाही केन्द्रीय समितिको गलत निर्णयका कारण कार्यकर्तामा निरास र पार्टीले क्षति ब्यहोर्न परेका कुराहरु समेत राख्दै गिरिजा बाबुकाे हठि निर्णयका कारण सत्तामा पुगेपछि power is the everything . अरु केहि होइन भन्ने, किशुनजीका बिरुद्धमा लाग्नु र मुख्यतः बहुमत प्राप्त आफ्नै सरकार ढालेर मध्यावधिमा जानू जस्ता गलत निर्णयले र त्यस किसिमको गलत कदमले गर्दा नै त्यसको असर पार्टीले आजसम्म भोगिरहनु परेको छ भन्दै यदि देश मध्यावधिमा न गएको भए आज देशले अर्कै गति लिईसकेको हुन्थ्यो हामी धेरै अगाडि वढिसकेका हुन्थ्याै भन्दै नेताको गलत कदमको निसंकोच आलोचना समेत गर्नुभयो।
पार्टी भित्र रहेका ईमान्दार नेताहरुलाई पछि पार्नु भ्रष्टहरुलाई अगाडि ल्याउनु खुमबहादुर खडका , चिरञ्जीवी वाग्ले गोविन्दराज जोशी आदि जस्तालाई भित्र्याए पछि बिपिका बिचार ,मान्यता र सिद्धान्तलाई छोडेर गलतबाटो लिदै गर्दाका कारण आज पार्टी जहाँ पुग्नुपर्ने पर्ने हो जस्तो हुनुपर्ने हो त्यसतो न भएको महसुस हुँदै गईरहेको छ भन्दै नेताको कुरामा भन्दा बिपिको बिचार र सिद्धान्तलाई आत्मसात गर्नु भन्दै बिपिका निर्देशन तथा आचारलाई प्रत्येक क्रियाशिल सदस्यले आफ्नो जीवनमा लागु गर्न निर्देशन समेत दिनु भयो।
नेताको पछाडि लाग्न भन्दा पार्टी र पार्टीको झण्डाको पछाडि लाग्नुहोस भन्दै प्रवासी युवाहरुलाइ कमाउनुहोस र नेपालमा लगानी गर्नुहोस् , तपाईको लगानीको ग्यारेन्टी हुने माहोल हामी निर्माण गर्नेछाै भन्दै सान्त्वना दिदै आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै NRNA NT का पुर्व अध्यक्ष बिष्णु चापागाईंले काङ्ग्रेस ले धेरै कुरामा सुधार गर्दै जानुपर्ने र बदलिँदो परिस्थिति अनुसार पार्टीले आफुलाई पनि परिवर्तन गर्दै लान सक्ने हो भने जनताको माझमा अझै प्रिय बन्दै जानेछ। र खुमबहादुर , चिरञ्जीवी , गोविन्दराज जस्ता र बिशेश गरि फेरि हामीले नेता मानेका र गृहमन्त्री बनाईएका जो जेल नेल भोगे , यस्ताहरुवाट काङ्ग्रेस किन जोगिन सकेको छैन। अब चोखिदै जान जरुरी रहेको बताउनु भयो।
कार्यक्रममा NANT का अध्यक्ष प्रतिभा देवकोटाले नेपाल देखि आउनु भएका सह महामन्त्री काङ्ग्रेस नेता तथा माननियलाई डार्बिनमा स्वागत गर्न पाउनु र मननिय बिचारहरु सुन्न पाउनु नै हाम्रालागि खुशीको कुराे भएको भन्दै धन्यवाद ज्ञापन सहित आफ्नो बिचार राख्नु भएकाे थियाे साथै कार्यक्रम मा NRNA NT का वर्तमान अध्यक्ष सन्जिब गोर्खालीको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता गर्नु भएका जन सम्पर्क समिति NT का संयोजक विपि कोईराला ले ब्यस्त समयका बावजुद पनि उपस्थित भईदिनुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रमले आफुमा थप उर्जा पैदा भएको र नेपाल देखि यहाँ आएर हामीलाई प्रशिक्षणमुलक बिचार राखिदिनु भएकोमा माननीय तथा सह महामन्त्री ज्युलाई धेरै धेरै धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो भने उक्त कार्यक्रमको सन्चालन कुशल संचालक राम धितालले गर्नु भएको थियाे।