आइतबार , जेठ २६, २०८२

नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा १८ वर्षीय बलर नरेन साउदले प्रभावशाली बलिङ गरे । उनको शानदार प्रदर्शनले काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनको जित निकालेको छ ।

त्रिवि कीर्तिपुर मैदानमा टस जितेर १६८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंको हारको कारण नै नरेनको घातक बलिङ बन्यो ।

काठमाडौंलाई १५ दशमलव ५ ओभरमा ९४ रनको अवस्थामा अलआउट गराउने क्रममा नरेन एक्लैले पाँच विकेट लिए । त्यहीकारण काठमाडौं ७३ रनले हार भोग्न बाध्य भयो ।

काठमाडौंका लागि लामो समय क्रिजमा टिकेर सर्वाधिक ३७ रन जोड्ने स्टिफन स्टिफन एस्किनाजीको विकेट पनि उनैले लिए । इङ्ल्यान्डका मध्यक्रमका ब्याटर स्टिफन नरेनकै बलको शिकार हुनुअघि ५ चौका र एक छक्का सहयोगमा ३७ रन बनाएर खेलिरहेका थिए ।

३ दशमलव ५ ओभर बलिङ गरेका बायाँहाते बलर नरेनले केबल १९ खर्चिएर ५ विकेट लिए । उनले सात ओभरको चौथो बलमा नामिबियाका अलराउन्डर एवम् काठमाडौंका गेर्हार्ड इरास्मसको विकेट पनि लिए ।

त्यस्तै, नरेनको बलमै रसिद खान, करण केसी र शाहब अलाम लामो समय टिक्न नसकी आउट भए । उनले छैटौँ विकेटका रुपमा स्टिफन, सातौँ विकेटका रुपमा रसिद खान, नवौँ विकेटका रुपमा करण केसी र दशौँ विकेटका रुपमा शाहब आलमलाई पवेलियन फर्काए ।

नरेनले गेर्हार्डलाई बाहेक अन्य चार ब्याटरलाई क्याच आउट गराए । जारी प्रतियोगितामा दुई खेल खेलेको सुदूरपश्चिमले शतप्रतिशत नतिजा निकालेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनले हराएको थियो । त्यस खेलमा खेलमा नरेन सुदूरपश्चिमको प्लेइङ इलाभेनमै परेका थिएनन् ।

तर, दोस्रो खेलमा मौका पाउनेबित्तिकै उनले आफ्नो कौशल देखाएर टीमलाई फराकिलो जित दिलाउन पनि सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP