सोमबार , अषोज २६, २०८३

अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताएका अर्थमन्त्री पौडेलले तत्काल समाधान नखोजे सरकारले हस्तक्षेप खोज्ने चेतावनी दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औँ केन्द्रीय सभाको आज गृहनगर बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले अब ट्रंकलाइनको समस्या लम्बिन नहुने धारणा राखे ।

उनले भने,‘सरकारलाई नटेर्ने, चुनौती दिने प्रवृत्ति राम्रो होइन, यसको प्राधिकरण नेतृत्वले सोच्नुपर्दछ, मन्त्रिपरिषदले नै प्राधिकरणलाई लिकमा ल्याउनुपर्ने छ, यसमा सरकार गम्भीर छ, प्राधिकरणले यो समयमा समाधान नगरे हस्तक्षेप गर्नेछm सरकारले चासो मात्र व्यक्त गरेको छैन, सरकारले समाधान गर्छ ढुक्क हुनुस् ।’

हिजोमात्रै उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको मुख्यालयमा आफ्नो बेग्लै कार्यकक्ष निर्माण गरेका छन् । पछिल्लो समय सरकारले कुलमानविरुद्ध दबाब बढाउँदै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP