मंगलबार , बैसाख २९, २०८३

नेपाल कम्युनिट पार्टीले सहकारी ठगी र भ्रष्टाचारमा संलग्नहरुलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफूहरुले सरकारलाई अन्तिम पटक समय दिएको र अब पनि सहकारी पीडितहरुले न्याय नपाए जनकारबाही गरिने बताएका हुन् । उनले सहकारी ठग र भ्रष्टाचारीहरुलाई कठालो समाएर जनताको बीचमा लगिने र पैसा फिर्ता नभएसम्म कब्जामा राखिने चेतावनी दिए ।

‘सबै ठगहरुलाई समातेर कारबाही गर्नुपर्यो । सरकारले गरोस् भन्ने छ हाम्रो, राज्यले गरेन भने हामी कारबाही गर्छौं । अहिले हामीले सरकारलाई गर भनेको हो, गरेन । सरकारलाई लास्ट टाइम यो । सरकारले गरेन भने नेपाल कम्युनिष्ट पार्टीले गर्छ । सहकारी ठगलाई कठालो समाएर जनताको बीचमा कारबाही गर्छौं । जनताको बीचमा ल्याएर, जुत्ताको माला लगाएर, जनताको नतिर्दासम्म कब्जामा राखिन्छ,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP