मंगलबार , जेठ ७, २०८२

नेपाल कम्युनिट पार्टीले सहकारी ठगी र भ्रष्टाचारमा संलग्नहरुलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफूहरुले सरकारलाई अन्तिम पटक समय दिएको र अब पनि सहकारी पीडितहरुले न्याय नपाए जनकारबाही गरिने बताएका हुन् । उनले सहकारी ठग र भ्रष्टाचारीहरुलाई कठालो समाएर जनताको बीचमा लगिने र पैसा फिर्ता नभएसम्म कब्जामा राखिने चेतावनी दिए ।

‘सबै ठगहरुलाई समातेर कारबाही गर्नुपर्यो । सरकारले गरोस् भन्ने छ हाम्रो, राज्यले गरेन भने हामी कारबाही गर्छौं । अहिले हामीले सरकारलाई गर भनेको हो, गरेन । सरकारलाई लास्ट टाइम यो । सरकारले गरेन भने नेपाल कम्युनिष्ट पार्टीले गर्छ । सहकारी ठगलाई कठालो समाएर जनताको बीचमा कारबाही गर्छौं । जनताको बीचमा ल्याएर, जुत्ताको माला लगाएर, जनताको नतिर्दासम्म कब्जामा राखिन्छ,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP