शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम बढ्दै गएपछि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको बताएका हुन् ।

‘पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ’, मन्त्री त्रिपाठीले भने, ‘विद्यालय उमेरका बालबालिकामासमेत संक्रमण धेरै देखिन थालेको छ । त्यसको रोकथाम तथा नियन्त्रणका निम्ति यस्तो प्रस्ताव अगाडि बढाइएको हो ।’

मन्त्रालयले तत्कालका लागि अनलाइन माध्यमबाट पठनपाठनको व्यवस्था गर्नेगरी विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।
पछिल्लो समय विद्यार्थी र शिक्षकामा संक्रमण बढी देखिएको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो । जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र विद्यालयका गतिविधि सञ्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गर्दै आएको छ ।

निजी विद्यालय सञ्चालकले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्छु भनेर जोखिम मोलेको भन्दै सरकारले ठूला र संक्रमण बढ्दै गएका सहरमा विद्यालय एक महिना बन्द गर्ने तयारी गरेको हो । बालबालिकामा संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै विद्यालय सञ्चालन गर्नु गलत भएको विश्लेषण मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP