शुक्रबार , भाद्र १२, २०८३

प्रदर्शनरत फिल्म बेहुली फ्रम मेघौलीका क्लिपहरू टिकटकलगायतका सामाजिक सञ्जालमा छ्यापछयाप्ति भएको छ । गत बिहीबारदेखि प्रदर्शनरत रहको सो चलचित्रका क्लिपहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि निर्माण पक्षले साइबर ब्युरो गुहारेको छ ।

फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाही गर्न भन्दै सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता सामाजिक संजालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कार्वाहीको माग गर्दै बस्नेतले निवेदन दिएका हुन् । ‘बेहुली फ्रम मेघौली’का दृश्य फेसबुक, टिकटक, इन्टाग्राम तथा ट्विटरमा भाइरल हुन थालेपछि चलचित्रको निर्माणपक्ष उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । ब्युरोले कपिराइट्अन्तर्गत रहेर अनधिकृत रूपमा सिनेमाका दृश्य खिचेर राख्ने वा सेयर गर्ने अकाउन्ट बन्द गरिदिने बताएको हो ।

“हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरमा हाल्नुभएको छ भने तपाईंको एकाउन्ट बन्द हुनेछ,” बेहुली फ्रम मेघौलीका कलाकार तथा निर्माता निश्चल बस्नेतले भनेका छन्, “साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद । बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरुलाई पनि बुझाउँ ।”

उनले कानुनी प्रक्रिया अगाडि बडिसकेको बताएका छन् । ‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ । यो चलचित्रले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP