आइतबार , जेठ १९, २०८२

प्रदर्शनरत फिल्म बेहुली फ्रम मेघौलीका क्लिपहरू टिकटकलगायतका सामाजिक सञ्जालमा छ्यापछयाप्ति भएको छ । गत बिहीबारदेखि प्रदर्शनरत रहको सो चलचित्रका क्लिपहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि निर्माण पक्षले साइबर ब्युरो गुहारेको छ ।

फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाही गर्न भन्दै सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता सामाजिक संजालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कार्वाहीको माग गर्दै बस्नेतले निवेदन दिएका हुन् । ‘बेहुली फ्रम मेघौली’का दृश्य फेसबुक, टिकटक, इन्टाग्राम तथा ट्विटरमा भाइरल हुन थालेपछि चलचित्रको निर्माणपक्ष उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । ब्युरोले कपिराइट्अन्तर्गत रहेर अनधिकृत रूपमा सिनेमाका दृश्य खिचेर राख्ने वा सेयर गर्ने अकाउन्ट बन्द गरिदिने बताएको हो ।

“हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरमा हाल्नुभएको छ भने तपाईंको एकाउन्ट बन्द हुनेछ,” बेहुली फ्रम मेघौलीका कलाकार तथा निर्माता निश्चल बस्नेतले भनेका छन्, “साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद । बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरुलाई पनि बुझाउँ ।”

उनले कानुनी प्रक्रिया अगाडि बडिसकेको बताएका छन् । ‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ । यो चलचित्रले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 147 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP