मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङ अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा गरिएको हो ।

गुरुङ युवा संघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । २ सय ५ सदस्यीय समानान्तर कमिटिको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवि चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

सचिव चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुन् । जिल्ला कमिटीको विस्तारित बैठकमार्फत एमाले रूपन्देही पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए। यस्तै क्षेत्रिय कमिटि, पालिका स्तरीय ईन्चार्ज र जनबर्गिय संगठनको संयोजकको समेत जिम्मेवारी तोकिएको जिल्ला सदस्य खेम लुइँटेलले जानकारी दिए।

देशैभर एमालेमा विवाद चुलिदै गएपछि नेपाल पक्षले समानान्तर कमिटि घोषणा गर्दै अघि बढेको छ । यसअघि नेपाल पक्षले लुम्बिनि प्रदेशमा अर्घाखाँची, नवलपरासी र बांकेमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

समानान्तर कमिटीमा रहेका नेताहरुलाई अध्यक्ष केपी ओली पक्षले कारवाही गर्दै आएको छ । रुपन्देहीका ओली पक्षका शिव सुवेदी जिल्ला अध्यक्ष छन् । सुवेदी बुटवल उपमहानगरका मेयर समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP