सोमबार , बैसाख १, २०८२

अमेरिकी राष्ट्रपति चुनावका प्रत्यासीहरू डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच हालै भएको बहसपछि दुवै पक्षका धेरैले स्वीकार गरेका छन् — ट्रम्पले भन्दा ह्यारिसले निकै राम्रो गरिन्।

अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमै बढी अर्थपूर्ण केही बहसहरूमध्ये यसलाई एक मान्ने विश्लेषकहरू पनि थुप्रै छन्।

कारण — खास गरी सन् २०१६ र २०२० का चुनाव अगाडि भएका बहसहरूमा भनाभन, घोचपेच र हिलो छ्यापाछ्यापमा धेरै समय बितेको थियो। यस पटक डोनाल्ड ट्रम्पले दर्जनौंचोटि अवैध आप्रवासन र सीमा सुरक्षाको एउटै विषय दोहोर्‍याइरहे पनि कमला ह्यारिसले आफ्ना एजेन्डामा केन्द्रित भएर धेरै कुरा राखिन्।

धेरै विश्लेषकहरूका अनुसार ह्यारिसको सबभन्दा ठूलो सफलता भनेको उनी र हालका राष्ट्रपति जो बाइडेनको प्रशासनका अलोकप्रिय पक्षहरूबाट ध्यान मोडेर ट्रम्पलाई अनियन्त्रित तर्कवाजीमा धकेल्नु थियो। जस्तो कि, अफगानिस्तानबाट अमेरिकी फौज निस्किँदाको भद्रगोललाई उनले डोनाल्ड ट्रम्पले आफ्ना पालामा तालिवानसँग गरेको कमजोर सम्झौताको नतिजाका रूपमा प्रस्तुत गरिन्।

अनि अवैध आप्रवासनमा आफ्नो कमजोर ट्र्याक रेकर्डबाट ध्यान मोडेर ट्रम्पलाई ‘आप्रवासीले कुकुर-बिराला खान्छन्’ भन्ने जस्ता हास्यास्पद कुरा बोल्न प्रोत्साहित गरिन्।

जो बाइडेनको उम्मेदवारी रहँदासम्म अमेरिकाको डेमोक्र्याटिक पार्टीका लागि हार्ने निश्चितप्रायः बनिसकेको आगामी चुनाव कमला ह्यारिस उम्मेदवार बनेपछि निःसन्देह प्रतिस्पर्धामूलक बनेको छ। तर यो बहस हुनु अगाडिका मत सर्वेक्षणका अनुसार राष्ट्रपति बन्ने होडमा ह्यारिसभन्दा थोरैले भए पनि ट्रम्प नै अगाडि छन्।

प्रख्यात सर्वेक्षण विश्लेषक नेट सिल्भरको पछिल्लो आकलन अनुसार आजका दिनमा चुनाव जित्ने सम्भावना ट्रम्पको ६४ प्रतिशत र ह्यारिसको ३६ प्रतिशत छ।

के यो बहसको नतिजाले अवस्थामा हेरफेर ल्याउला त?

यसमा विश्लेषकहरू र ह्यारिस पक्षधरहरू ‘आश गर, भर नपर’ भन्ने मुडमा छन्।

आखिर कसरी भयो त यस्तो? ती डोनाल्ड ट्रम्प जसको चारवर्षे शासन धेरैका लागि पीडादायी थियो, जसले धनीहरूका लागि कर छुट दिएर देशको वित्तीय घाटा बढाएका थिए, जसले चुनाव हारेपछि उग्रवादीहरूको भीडलाई उकासेर राष्ट्रपति बनिरहने प्रपञ्च गरेका थिए, जसले सामरिक गठबन्धनका मित्रहरूलाई चिढ्याएर, गाली गरेर, दुश्मन पक्षका तानाशाहहरूसँग मैत्रीको हात बढाएका थिए, उनी कसरी यो चुनावको दौडमा पनि अगाडि छन्?
@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८२ सोमबार 30 Views

सलमानलाई घरमै पसेर मार्ने धम्की

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु