सोमबार , अषोज २६, २०८३

अमेरिकी राष्ट्रपति चुनावका प्रत्यासीहरू डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच हालै भएको बहसपछि दुवै पक्षका धेरैले स्वीकार गरेका छन् — ट्रम्पले भन्दा ह्यारिसले निकै राम्रो गरिन्।

अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमै बढी अर्थपूर्ण केही बहसहरूमध्ये यसलाई एक मान्ने विश्लेषकहरू पनि थुप्रै छन्।

कारण — खास गरी सन् २०१६ र २०२० का चुनाव अगाडि भएका बहसहरूमा भनाभन, घोचपेच र हिलो छ्यापाछ्यापमा धेरै समय बितेको थियो। यस पटक डोनाल्ड ट्रम्पले दर्जनौंचोटि अवैध आप्रवासन र सीमा सुरक्षाको एउटै विषय दोहोर्‍याइरहे पनि कमला ह्यारिसले आफ्ना एजेन्डामा केन्द्रित भएर धेरै कुरा राखिन्।

धेरै विश्लेषकहरूका अनुसार ह्यारिसको सबभन्दा ठूलो सफलता भनेको उनी र हालका राष्ट्रपति जो बाइडेनको प्रशासनका अलोकप्रिय पक्षहरूबाट ध्यान मोडेर ट्रम्पलाई अनियन्त्रित तर्कवाजीमा धकेल्नु थियो। जस्तो कि, अफगानिस्तानबाट अमेरिकी फौज निस्किँदाको भद्रगोललाई उनले डोनाल्ड ट्रम्पले आफ्ना पालामा तालिवानसँग गरेको कमजोर सम्झौताको नतिजाका रूपमा प्रस्तुत गरिन्।

अनि अवैध आप्रवासनमा आफ्नो कमजोर ट्र्याक रेकर्डबाट ध्यान मोडेर ट्रम्पलाई ‘आप्रवासीले कुकुर-बिराला खान्छन्’ भन्ने जस्ता हास्यास्पद कुरा बोल्न प्रोत्साहित गरिन्।

जो बाइडेनको उम्मेदवारी रहँदासम्म अमेरिकाको डेमोक्र्याटिक पार्टीका लागि हार्ने निश्चितप्रायः बनिसकेको आगामी चुनाव कमला ह्यारिस उम्मेदवार बनेपछि निःसन्देह प्रतिस्पर्धामूलक बनेको छ। तर यो बहस हुनु अगाडिका मत सर्वेक्षणका अनुसार राष्ट्रपति बन्ने होडमा ह्यारिसभन्दा थोरैले भए पनि ट्रम्प नै अगाडि छन्।

प्रख्यात सर्वेक्षण विश्लेषक नेट सिल्भरको पछिल्लो आकलन अनुसार आजका दिनमा चुनाव जित्ने सम्भावना ट्रम्पको ६४ प्रतिशत र ह्यारिसको ३६ प्रतिशत छ।

के यो बहसको नतिजाले अवस्थामा हेरफेर ल्याउला त?

यसमा विश्लेषकहरू र ह्यारिस पक्षधरहरू ‘आश गर, भर नपर’ भन्ने मुडमा छन्।

आखिर कसरी भयो त यस्तो? ती डोनाल्ड ट्रम्प जसको चारवर्षे शासन धेरैका लागि पीडादायी थियो, जसले धनीहरूका लागि कर छुट दिएर देशको वित्तीय घाटा बढाएका थिए, जसले चुनाव हारेपछि उग्रवादीहरूको भीडलाई उकासेर राष्ट्रपति बनिरहने प्रपञ्च गरेका थिए, जसले सामरिक गठबन्धनका मित्रहरूलाई चिढ्याएर, गाली गरेर, दुश्मन पक्षका तानाशाहहरूसँग मैत्रीको हात बढाएका थिए, उनी कसरी यो चुनावको दौडमा पनि अगाडि छन्?
@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP