आइतबार , असार १४, २०८३

नेपाली फिल्म ‘शाम्बाला’लाई काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । क्यूएफएक्सको छायाँ मल्टिप्लेक्समा आयोजित समारोहमा बलिउड स्टारहरु नवाजुद्दिन सिद्दिकी र अनुराग कश्यप आकर्षण रहे ।

निर्देशक मीनबहादुर भाम, कलाकार थिन्ले ल्हामो, सोनम तोप्दनेसहित कास्ट एण्ड क्रू सहभागि प्रिमियरमा सेलेव्रिटी र अन्य अतिथिको बाक्लो उपस्थिती रह्यो ।

प्रिमियर समारोहअघि संक्षिप्त मन्तव्य दिँदै भारतीय निर्देशक कश्यप र अभिनेता सिद्दिकीले नेपाली फिल्मको विकासक्रमको प्रशंसा गरे । सिद्दिकीले मीन भामजस्ता उदीयमान निर्देशकले गर्दा नेपाली फिल्मको भविष्य उज्वल रहेको बताए ।

फिल्म हेरिसकेपछि अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा सिद्दिकी र कश्यपले फिल्मको प्रशंसा गरेका छन् । उनीहरुले निर्देशकीय पक्षको तारिफ गर्दै यसले नेपाली फिल्मको विकासमा टेवा पुग्ने बताए ।

रेडकार्पेटमा यी दुईसहित नेपाली कलाकारको समेत बाक्लो सहभागिता थियो । ‘शाम्बाला’ आगामी शुक्रबार देशब्यापी रिलिज तयारीमा छ । सोमबार मात्रै सिद्दिकी र कश्यप गोसाइकुण्ड र लाङटाङ भ्रमणमा जाने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP