अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा यहाँका विभिन्न शहरहरुमा गर्ने नेपाल फेष्टिभलको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुँदैछ । एनआरएन वेष्टर्न अष्ट्रेलियाको आयोजनामा गरिने नेपाल फेष्टिभलको उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने हो । यसका साथै, एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिबृद्धि गर्न पनि नेपाल फेष्टिभलले महत्वपूर्ण योगदान दिँदै आएको छ ।

नेपाल फेष्टिभल पर्थ २०२४ लाई सफल बनाउन यसका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेसहित पूरै एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया नावा सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु यतिबेला सेप्टेम्बर १४ को नेपाल फेष्टिभललाई लिएर उत्साही छन् ।

यस पटकको नेपाल फेष्टिभललाई अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । पावर्ड बाई सीका देशी ग्लोबल एप रहेको छ भने प्लाटिनम, गोल्ड सहितका प्रायोजकहरु अनेक छन् । नेपाल फेष्टिभलाई सिटी अफ पर्थ, वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालयले पनि आर्थिक सहयोग गरेको छ ।

नेपाल फेष्टिभल आयोजक समिति एवं एनआरएन डब्लूएका संयोजक शेखर घिमिरेका अनुसार यस पटकको नेपाल फेष्टिभलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी बन्नेछन् । नेपाल फेष्टिभलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ । उनले भने, यस पटकको नेपाल फेष्टिभलमा तपाईंहरुले नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरा समेत हेर्न पाउनुहुनेछ । हामीले बालबालिकाहरुलाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं । नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यस पटक बहुसांस्कृतिक समूदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ ।

एनआरएन वेष्टर्न अष्ट्रेलियाका कोषाध्यक्ष हरिवंश संजेलका अनुसार नेपाल फेष्टिभलको १० दिनअघि देखि नै विभिन्न स्थानीय लोकप्रिय पत्रिकाहरुमा प्रचार गरिनेछ । यस्तै सार्वजनिक यातायातका साधन, विभिन्न जमघटका ठाउँहरुमा नेपाल फेष्टिभलमा निमन्त्रण गरिएको प्रचार सामग्री राखिनेछ । यसले नेपालको बारेमा यहाँको बहुसांस्कृतिक समूदायलाई जानकारी दिने र नेपाल फेष्टिभलको समेत प्रचार गर्ने अपेक्षा छ । यस्तै यहाँका रेडियोहरुमा दुई साता अघिदेखि विज्ञापन बजाउने, केही व्यक्तिगत सवारी साधनमा समेत प्रचार सामग्री राख्ने योजना छ ।

नेपाल फेष्टिभल यहाँको चर्चित सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ ।

यस पटकको नेपाल फेष्टिभलमा १२ हजार दर्शक सहभागी हुने अपेक्षा छ।  विहान ११ बजेबाट सुरु भएको नेपाल फेष्टिभल राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०३ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अष्ट्रेलियामा दसैंको टीका असोज २७ गते(अक्टोबर १३) लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय


TOP