मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियाको डार्विन शहरमा नेपाली नयाँ वर्ष २०७८ संगै Nepalese  Association of Northern Territory को १३ औ बार्षिक अवसर पारि गरिएको कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।  ११ अप्रिल साझ पाच बजे बाट सुरु भएको कार्यक्रम राति १० बजे सम्म संचालन भएको थियो। कार्यक्रममा स्वागत मन्तब्य दिदै NANT का अध्यक्ष युवराज पन्तले  नेपाली नयाँ बर्ष २०७८ शुभकामना संगै उल्लेखनीय  उपस्थितिको लागि सबैलाई धन्यबाद दिए।  

 

कार्यक्रमको  मुख्य अथितिमा Minister for Territory Families and Urban Housing, Minister for Disabilities, Minister for Sport, Minister for Multicultural Affairs, Kate Worden, Minister for Education, children, seniors and women Lauren Moss को  उपस्थिति रहेको थियो। नेपालीको हरेक पर्व आफुलाई निकै मन पर्ने र आफ्नो चाड र पर्व बचाउन लागि परेको देख्दा आफुलाई नेपाली समुदाय प्रति गर्व लागेको कुरा Kate ले ब्यत गरिन।  कार्यक्रममा अस्ट्रेलियन मेम्बर अफ पार्लियमेन्ट लुक गोस्लिंगको पनि उपस्थिति रहेको थियो।  उनले आफ्नो मन्तब्य दिने क्रममा नेपाली गीत गएर सबै नेपालीलाइ अचम्ममा परेका थिए।

पहिले पहिले गर्ने कार्यक्रम भन्दा पछिल्लो कार्यक्रममा नेपाली समुदायको उपस्थिति निकै राम्रो हुने गरेको र कुनै पनि प्रोग्रामलाइ स्तरीय बनाउन NANT कार्यसमिति परिवारले निकै मेहेनत गर्ने गरेकोले पनि यो सफलता हात परेको NANT का कोषाध्यक्ष राजन बस्नेत बताउछन्।

“भन्छन सप्त रङि इन्द्रेणि देख्न ठुलो झरी सहनु पर्छ रे, गएको साल त्यहि ठुलो झरी झै महामारीले बिस्वब्यापि रुपमा सबैलाइ कतै न कतै बाट बिझाइ रह्यो तर आशा गरौ आउदो सालले सबै को जिवनमा खुसि , दिर्घायु र सम्मुन्ति को रङ्ग बोकेर आउने छ” भन्दै सम्पूर्ण NANT  परिवारको तर्फ बाट शुभकामना दिदै निकै मिठो गीतले सबैलाई नचाएका थिए उपाध्यक्ष राजिव थापाले।  

५०० जना भन्दा धेरैको उपस्थिति रहेको उक्त कार्यक्रममा डार्विनमा रहेका नेपाली स्थानीय कलाकारले नृत्य,गित प्रस्तुत गरेका थिए। अस्ट्रेलियन गायिका रुबी मेगनले रेशम फिरीरि गाए पछि सांगीतिक माहोलले गति लिन थालेको थियो भने सबै नेपाली संगै MP लुकलाइ समेत कम्मर भाची नचाउने डार्विनको स्थानीय ब्याण्ड खमाजको प्रस्तुतीले कार्यक्रममा सुनमा सुगन्ध थप्ने काम गरेको थियो।

कार्यक्रमका प्रमुख आकर्षण  कन्दरा ब्याण्डका गाएक बिबेक श्रेष्ठ आय पछि फ्लोर तातेको थियो दर्शक श्रोता को ONCE MORE ले पुरै हल नै गुन्जायमान भएको थियो। आफ्नो फ्यानको आग्रहलाई  मान्दै बिबेकले केहि गीत फेरी गएका थिए।

कार्यक्रममा  निकै रमाइलो भएको र  बिदेशी भूमिमा नेपाली स्वादको संगीतमा नाच्न पाउदा निकै आनन्द आउने र बिजी समयबाट केहि समय यसरी रमाइलो गर्न पाउदा सबै नेपालीले नै रिफ्रेश महशुस गरेको बताउछिन् सिड्नी कलेज अफ मेनेजमेंटकि सीइओ रन्जु थापा। कार्यक्रमको संचालन अनिता रिजाल र मनिषा क्षेत्रि ले गरेका थिए।

फोटो सौजन्य Catch smile

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP