मंगलबार , बैसाख २९, २०८३

सिड्नी

२७ जुलाई २०२४/ साउन २०८

किरात याक्थुङ चुम्लुङ, सिड्नी र शब्दाङकुर बुक्स एण्ड पब्लिकेशन को संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा “मुन्धुम मन्थन” कार्यक्रम सम्पन्‍न भएको छ ।

कार्यक्रमको शुरुवातमा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्षशशिकला सुब्बाले आगन्तुकहरूलाई स्वागत गर्दै अष्ट्रेलियामा याक्थुङ लिम्बुहरूको मुन्धुममा आधारित मौलिक संस्कृतिको संरक्षण गर्दै मुन्धुमको ज्ञान तथा संस्कृतिको हस्तान्तरण आवश्यक रहेको बतानुभयो । यस अवसरमा याक्थुङ लिम्बुहरूको मौलिक बाजा च्याब्रुङ र च्याब्रुङ नाचको उत्पत्ति र वर्तमान अभ्यासको बारेमा जितमान लिम्बुले जानकारी दिनुभएको थियो भने प्रकाशचन्द्र निङ्लेखुले याक्थुङ लिम्बुहरूको धान नाच र पालामको उत्पत्ति एवम् लिम्बु भाषाबाट राखिएका लिम्बुवान क्षेत्रका विभिन्न स्थानका नामहरूका बारेमा चर्चा गर्नुभएको थियो । अतिथि वक्ता भोगेन्द्र लिङदेनले याक्थुङ लिम्बुहरूको नाम्सामी र केसामी मुन्धुमको बारेमा चर्चा गर्दै मिथकहरूले आदिम कालदेखि वर्तमान समयसम्म समाजलाई अगाडि बढाउने माध्यमको रूपमा महत्वपूर्ण भूमिका खेलेको कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमकै सिलसिलामा याक्थुङ लिम्बु जातिको मुन्धुम र मुन्धुममा आधारित साँस्कृतिक सम्पदाहरूको संरक्षण र प्रबर्द्धन गर्ने प्रमुख लक्ष्य लिएर स्थापना गरिएको सेक्मुरी फाउन्डेसनको लागि शोमा निङ्लेखु र कायरा निङ्लेखुको तर्फबाट रू. एक लाख पचास हजार र शशिकला सुब्बाको तर्फबाट एक लाख एक रूपैया बराबरको अक्षय कोष खडा गरिएको जानकारी दिदैं सेक्मुरी फाउन्डेसनका महासचिव भोगेन्द्र लिङदेनले उक्त रकमबाट याक्थुङ लिम्बु जातिको मुन्धुम, मिथक, भाषा, साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न फेलोसिप स्थापना गरिने बताउनुभयो

सिड्नीस्थित् एसबरी सिनियर सिटिजन्स सेन्टरमा स्थानीय समय अनुसार ाँझ बजे देखि बजेसम्म सम्पन्न सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, सिड्नीका अध्यक्ष शशिकला सुब्बाले सिलाम साक्मा र च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागिता जनाउने सहभागीहरूलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । किरात याक्थुङ चुम्लुङ, सिड्नीका महासचिव मनुराज निङलेखुले संचालन गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा सहभागीहरूद्वारा केलाङ (च्याब्रुङ नृत्य) प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP