आइतबार , जेठ १२, २०८२

काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता ८०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ८०० रुपैयाँले बढेर कारोबार भएको महासंघले जनाएको छ ।

यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । महासङ्घका अनुसार बुधवार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो ।

यो अहिलेसम्मकै उच्च बिन्दु हो । त्यसयताका दुई कारोबार दिनमा भने मूल्य घटेको हो । यससँगै शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम छ । सुनको मूल्य बढेको साता चाँदीको मूल्य भने घटेको छ ।

गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ कायम सुनको मूल्य यो साता ७० रुपैयाँले घटेको हो । यो साताको शुक्रबारसम्म ७० रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP