सोमबार , अषोज २६, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल पूर्व माओवादी घटकहरुसँग एकताको लागि गम्भीर पहल थालेका छन् । आजसम्म कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डले यही साताबाट देखिनेगरि पूर्व माओवादी घटकहरुसँग एकताको लागि पहल गरेका हुन् ।

पहिलो चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्नेगरि उनको तयारी छ । कांग्रेर र एमाले मिलेर नयाँ सरकार गठनको प्रक्रिया थालेदेखि नै प्रचण्डले विप्लवसँग सघन वार्ता गरेका छन् । दुवै दलका नेतृत्वकर्ता पार्टी एकताको लागि तयार छन् । उता, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि माओवादीसँग एकता गर्नको लागि सो दलका नेताहरु सक्रिय छन् ।

यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठले हालै दाहालसँग खुमलटारमा पुगेर भेटवार्ता गरेका छन् । उनीहरुले हिजोमात्रै विप्लवसँग पनि भेटवार्ता गरिसकेका छन् । प्रचण्डले मधेशमा पनि माओवादी कमजोर भएकोले प्रभु साहलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर भित्र्याउन खोजेका छन् । अहिले साह आम जनता पार्टीको नेतृत्व गरिरहेका छन् ।

कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्ने सहमति गरेको कुरा बाहिर आएपछि पूर्व माओवादी घटकहरु एक हुनुपर्ने आवाज उठेको छ । तर, नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई भने तत्काल एकताको लागि राजी छैनन् । उनले पछिल्लो समय प्रचण्डको खरो आलोचना गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP