मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियाले पार्टनर भिसा आवेदकहरूले भाषा परीक्षा दिनुपर्ने व्यवस्था लागू गर्न लागेको छ।

सङ्घीय गृह मामिला मन्त्रालयका अनुसार पार्टनर भिसाका आवेदकहरूलाई पारिवारिक हिंसाबाट सुरक्षा प्रदान गर्नका लागि, अङ्ग्रेजी भाषाको परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधान थप्ने, सोच बनाइएको हो।

नयाँ व्यवस्था लागू भएमा पार्टनर भिसाका आवेदक तथा प्रायोजक दुवै जनाले, उक्त भिसाको लागि योग्य ठहरिन अङ्ग्रेजी भाषाको परीक्षामा आवश्यक अङ्क प्राप्त गर्नुपर्ने हुन्छ।

मन्त्रालयद्वारा सार्वजनिक गरिएको एक परामर्श पत्रमा, मानिसहरूलाई अस्ट्रेलिया आउनुपुर्व अङ्ग्रेजीको राम्रो ज्ञान भएमा उनीहरू घरेलु हिंसाको सिकार हुनबाट जोगिन सक्ने, उल्लेख छ।

“अङ्ग्रेजी भाषाको पर्याप्त सीप नभएका आप्रवासीहरू पारिवारिक हिंसा र अन्य शोषणको सिकार हुन सक्दछन्,” पत्रमा भनिएको छ।

“उनीहरूसँग सहायता उपलब्ध गराउने सञ्जालसम्मको पहुँच वा अस्ट्रेलियाको कानून र यहाँ मद्दत कसरी लिने भन्ने बारे सचेतना कम मात्रा हुने सम्भावना छ।”

मन्त्रालयद्वारा जारी उक्त श्वेत पत्र अगाडी भन्छ, “अङ्ग्रेजी बोल्नेहरूले घरेलु हिंसाका जस्ता आपतकालिन अवस्थामा स्वतन्त्र भएर मद्दत माग्न सक्छन्।”

तर गृहका एक प्रवक्ताले भने सरकार पारिवारिक हिंसाका पीडितहरूलाई उनीहरूको भाषा सीपको परवाह नगरी, सहयोग प्रदान गर्न कटिबद्ध रहेको एसबीएस न्युजलाई बताएका छन्।

साथै, मन्त्रालयद्वारा चालिएको सार्वजनिक परामर्शको कदमले नयाँ नीति कस्तो अवस्थामा र कसरी लागू हुने बारे जानकारी दिने उनको भनाई छ।

उता केही महिला एवं शरणार्थी अभियन्ताहरू भने, मन्त्रालयको योजनामा पितृवादी सोच हाबी रहेको बताउँछन्।

रेफ्युजी एड्भाइस एन्ड केसवर्क सर्भिस (आरएसीएस) भन्ने शरणार्थीहरूको मामिलामा सल्लाह दिने सेवा प्रदायक संस्थाकी अधिवक्ता हाना ग्रे भन्छिन् कि मन्त्रालयको भाषा ठिक छैन।

“किनभने यसले घरेलु तथा पारिवारिक हिंसा अनि अङ्ग्रेजी नबोल्ने मानिसहरू बिच झुटो सम्बन्ध देखाउँछ,” उनले प्रस्ट्याइन्।

“अङ्ग्रेजी नबोल्ने जीवनसाथीहरूको भिसा पाउने र आफ्ना परिवारजनहरूसँग पुनर्मिलन हुने प्रक्रिया थप मुस्किल बनाउँदा, प्रस्तावित व्यवस्थाले त्यस्ता हिंसाका घटना विरुद्ध लड्न सजिलो हुने भन्ने जस्तो सहमत हुन नसकिने दाबी पेस गरिएको देखियो।”

पारिवारिक हिंसाका घटना सबै पृष्ठभूमिका तथा भाषा बोल्ने मानिसहरूमा घट्ने बताउँदै ग्रेले, अङ्ग्रेजी भाषाको स्तरले समस्या थप विकराल हुने भन्ने कुरा सही नभएको धारणा व्यक्त गरिन्।

आरएसीएस भन्छ कि आफूहरूद्वारा विशेषज्ञ महिला सेवा प्रदायकहरूसँग गरिएका विस्तृत छलफलहरूमा, सबै सहभागी संस्थाहरूले पार्टनर भिसाका लागि अङ्ग्रेजी भाषाको आवश्यकता बारे सरकारी योजनाको कडा विरोध जनाएका छन्।

ग्रे भन्छिन् कि त्यस प्रकारका समूहहरूका लागि, हिंसाको सिकार हुनुको कारण नै अङ्ग्रेजी नजान्नु हो भनेर भन्दा, त्यो पीडितलाई नै दोषारोपण गर्नु बाहेक अरू केही पनि होइन।

अस्ट्रेलियन वुमेन अगेन्स्ट भायोलेन्स अलायन्स (आवाभा) भनिने हिंसा विरुद्ध अस्ट्रेलियाली महिलाहरूको गठबन्धनले भने, अस्थायी भिसामा हुने महिलाहरूलाई उनीहरू सङ्कटमा हुँदा अत्यावश्यक सेवाहरूसम्मको पहुँच पुर्‍याउनु पर्नेमा जोड दिएको छ।

आगामी आर्थिक वर्षदेखि नयाँ व्यवस्था लागू सरकारी योजना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP