मंगलबार , अषोज २७, २०८३

कोरोनाभाइरसविरूद्धको खोप सम्बन्धी आफ्नो नीति उल्टाउँदै अस्ट्रेलियन सरकारले एस्ट्राजेनेका–अक्सफोर्ड खोपको सट्टा फाइजर खोपलाई प्राथमिकता दिने जनाएको छ।

सरकारले अबका दिनमा ५० वर्ष माथिका मानिसलाई मात्र तत्काललाई एस्ट्राजेनेका सिफारिस गर्ने भएको छ।

बिहीबार राति राजधानी क्यानबेरामा अप्रत्याशित पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रिय स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव तथा प्रमुख स्वास्थ्य अधिकारीको उपस्थितिमा प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो योजनामा परिवर्तन गरिएको घोषणा गरेका हुन्।

खोप सम्बन्धी अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह वा अस्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसनको बैठकद्वारा सरकारलाई दिएको पछिल्लो सुझाव अनुसार उक्त घोषणा गरिएको प्रधानमन्त्री मोरिसनले जानकारी गराए।

एस्ट्राजेनेका खोप लगाउँदा केही मानिसहरूमा रगत जम्ने समस्या देखा परेपछि युरोपेली संघले यसबारे अनुसन्धान सुरु गरेको थियो।

युरोपेली स्वास्थ्य अधिकारीहरूले एस्ट्राजेनेकाको खोप र मस्तिष्कमा रगत जम्ने समस्या बिचमा सम्बन्ध रहेको निष्कर्ष निकालेपछि अस्ट्रेलियाली अधिकारीले आकस्मिक बैठक बोलाएर नयाँ निर्णय गरेका हुन्।

युरोपियन मेडिसिन एजेन्सीले कुनै पनि विशिष्ट सुझाव नदिएको तर महिला र ६० वर्ष मुनीका मानिसमा रगत जम्ने समस्याको खतरा हुन सक्ने औँल्याएपछि अस्ट्रेलियाली अधिकारीहरू यस बिषयमा गम्भीर भएका थिए।

अस्ट्रेलियाली विशेषज्ञहरूको सल्लाह शुक्रबारको राष्ट्रिय मन्त्रिपरिषदमा लगेर छलफल गरिने बताइए पनि प्रधानमन्त्री स्कट मोरिसनले आफूहरू अगाडि आएर अस्ट्रेलियाली जनताका सामू नीतिमा फेरबदल गर्ने कुरा स्पष्ट पार्न चाहेको बताए ।

तर, सरकारका स्वास्थ्य मन्त्री ग्रेग हन्टले फाइजर खोपका थप मात्राहरू कसरी आपूर्ति हुन्छ भन्ने बारेमा भने अहिले केहि बोलेनन्।

फाइजरले प्रोटिनमा आधारित भएको कारण यो सुरक्षीत रहेको र यस खोपको २ करोड मात्रा अस्ट्रेलियालाई वर्षको अन्त्यसम्ममा दिने प्रतिबद्धता जनाइसकेको मन्त्री हन्टले सुनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP