सोमबार , जेठ २०, २०८२

कोपा अमेरिका–२०२४ अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ ।

अमेरिकाको एनआरजी रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ ।

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।

पेनाल्टीमा इक्वेडरलाई ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी गोल गर्न असफल रहे । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो एरियल मोन्टियल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।

इक्वेडरले भने पेनाल्टी सुटआउटमा अघिल्ला दुवै प्रहार खेल फालेको थियो । इक्वेडरका एन्जल मेना र एलन मिन्डा गोल गर्न असफल भए । पेनाल्टी सुटआउटमा इक्वेडरका लागि जोन एबोह जामोरा र जोर्डी मेडिना काइसेडो मात्र गोल गर्न सफल भए ।

साबिक विजेता अर्जेन्टिना अर्जेन्टिनाले यसअघि क्यान्डालाई २–०, चिलीलाई १–० र पेरुलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 151 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP