बिहिबार , बैसाख ४, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक पटक प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गरेको बताएका छन् । सभापति देउवाले २०७४ को निर्वाचनपछि आफुले प्रचण्डलाई गरेको आग्रह नमान्दा अहिले उनलाई केपी शर्मा ओलीले लात हानेको बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले भने, ‘मैले प्रचण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर ।’

देउवाले धेरै पटक प्रचण्डलाई आफुले प्रधानमन्त्री बनाउन खोजेपनि असफल भएको बताए । धेरै ‘पटक प्राइमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस्’, सभापति देउवाको भनाई छ ।

उनले अहिले पनि काँग्रेसले वास्तै गरेन भन्या भएर शुक्रबार बैठक बोलाएको बताए । सभापति देउवाले सरकार गठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा काँग्रेसको उपस्थितिलाई बुझ्न आग्रह समेत गरे । ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्ट हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौ । यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले’, देउवाको भनाइ छ ।

प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भातृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाको कार्यकर्तालाई आग्रह गरे ।

‘ओलीले सत्ता कब्जा गर्ने कोशिष गरेको छ । उसले चाहेर कब्जा हुदैन । त्यसैले भोलीको दिनमा एक भएर लाग्नुपर्छ’ देउवाको भनाइ छ ।

भिडियो सौजन्य रातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP